पोखरा वडा नं ३ द्वारा दोश्रो चरणको राहत वितरण शुरु, पहिलो चरणको आक्रोसप्रति सरोकारवालाद्वारा क्षमा माग, दोश्रो चरणमा जाँदा खुसि(video)

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ४

पूर्व सभासद कृष्ण कुमारी परियारले राहत पाउनै पर्नेहरुको घर घरमा गएर राहत वितरण गर्नुपर्ने बताउनु भएको छ । विपदको बेलामा यो पार्टीका र त्यो पार्टीका मान्छे नभनिकन जस्लाई आवस्यक परेको छ, उस्को लागि घरमै गएर पोखरा वडा नं ३ ले एक चूल्हो एक परिवार राहत वितरण गरेकोमा सुखि व्यक्त गर्नुभयो ।

केहि दिनअघि नीलगिरी टोलमा आक्रोस व्यक्त र गालिगलौजको स्थिति सिर्जना भएकोमा बिहिवार दोश्रो पटकको राहत वितरणको लागि सर्वपक्षिय टोलीले एक चूल्हो एक राहतको अवधारणा लिएर आएकोमा स्थानियले क्षमा माग्दै खुसि व्यक्त गरेकोमा सबैलाई आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ः“झगडा, आक्रोसले हुँदैन, हामीले नाकावन्दि र भूकम्पलाई कसरी सह्यौं ? बिर्सेका छैनौं । हामी भोकले पनि मरेनौं क्यारे, त्यसैले आक्रोस, गालि भन्दा सहमतिले जानु जस्तो राम्रो केहि नहुने भन्दै सरकारले निर्देशन गरेका कुराहरुलाई ख्याल गर्न परियारले आग्रह गर्नुभयो ।

Krishna Kumari Pariyar-Former CA MEMBER

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ४राहत पाउनै पर्नेहरुको घर घरमा जानुपर्छ । पोखरा वडा नं ३ ले राम्रो व्यवस्थापनका साथ, राजनीतिक दलका नेताहरुको सहमति र महानगरको निर्देशन अनुसार वितरण गरिरहेको छ, यसमा खुसि लागेको छ । राहत जसको चूलो बल्न सकेको छैन, उसैले पाउनुपर्छ ।

Posted by Onlineannapurna.com on Thursday, April 16, 2020

पोखरा नीलगिरी टोलमा केहि दिन अघि पहिलो चरणको राहत वितरण गर्दा नेकपाका नगर अध्यक्ष भिम गुरुङ लगायतले सामाजिक दूरीलाई कायम गरौं, अलि उता सरौं, छुटेका नामहरुको राहत पछि अर्को चरणमा आउँछ भन्ने कुराको सन्दर्भमा बुझाईमा फरक पर्दा आक्रोसित भएका सरोकारवालाहरुले बिहिवार क्षमा माग्दै दोश्रो चरणमा राहत वितरण गर्न आएकोमा खुसि व्यक्त गरे ।

उनिहरुले वडाध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा सदस्य सवि परियार, रविन कायस्थ, लक्ष्मी पराजुली, प्रहरी बीट प्रमुख गौतम श्रेष्ठको टोली, दलका नेता र पत्रकारहरुसंग टोलहरुमा राहत पाउँदै नपाएका र पाउनै पर्नेहरुलाई घर घरमै आएर एक एक गरेर राहत दिएकोमा खुसि व्यक्त गरेका हुन । यसअघि भएको गालिगलौज आक्रोस मात्रै भएको भन्दै क्षमा मागेका थिए । त्यस अवसरमा स्थानियले अझैं पनि राहत नपाएकाहरुको खोजि गरेर उनिहरुलाई राहत दिनुपर्ने सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाको पोखराका ३३ वटै वडाहरुमा विपन्न, अति विपन्न, दैनिक ज्यालादारीमा काम गरेर खाने र दैनिक चूल्हो बाल्न नसकेकाहरुको लागि वडा मार्फत राहत वितरण गर्ने निर्देशन अनुसार पोखरा वडा नं ३ मा बिहिवारबाट दोश्रो चरणको राहत वितरण शुरु गरेको वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले बताउनु भयो ।

pokhara ward number 3, Nilgiri Tole

पहिलो चरणमा आक्रोसित भएकाहरु दोश्रो चरणमा राहत वितरण गर्न पुगेपछि क्षमा माग्दै राम्रो काम भन्दै खुसि व्यक्तअनलाइनअन्नपूर्ण/पोखार, वैशाख ४पोखरा नीलगिरी टोलमा केहि दिन अघि पहिलो चरणको राहत वितरण गर्दा सामाजिक दूरीलाई कायम गरौं, अलि उता सरौं, छुटेका नामहरु पछि अर्को चरणमा आउँछ भन्ने कुराको बुझाईमा फरक पर्दा आक्रोसित भएका सरोकारवालाहरुले बिहिवार क्षमा माग्दै दोश्रो चरणमा राहत वितरण गर्न आएकोमा खुसि व्यक्त गरे ।

Posted by Onlineannapurna.com on Thursday, April 16, 2020

पहिलो चरणमा छुटेका केहि नामावलि तथा दोश्रो चरणमा संकलन गरिएका २०९ नामावलि महानगरमा पठाईएकोमा महानगरबाट १२५ को लागि पुरा प्याकेज आएको छ, । यत्तिले नप्ग्ने देखिएपछि वडामा प्राप्त नामावलिको चापलाई हेरेर मेयर मान बहादुर जिसिसंग सल्लाह गरेर वडाले झण्डै ३ सय परिवारलाई अन्य दाताहरुको सहयोग समेत गरि राहत वितरणको चाँजोपाँजो मिलाएको वडा सदस्य रविन कायस्थले बताउनु भयो ।

Facebook Comments