पोखरा वडा नं ३३ का अध्यक्षको गाडीमा बम विस्फोट

पोखरा मंसिर ९-पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखिएको गाडीमा बम विस्फोट भएको प्रहरीले बताएको छ ।

बिहान पौने ३ वजे गराइएको विष्फोटनबाट ग२च ४२६ नं को हाईलक्स गाडीमा क्षति पुगेको छ । विष्फोटन कस्ले गराएको हो, एकिन भएको छैन, प्रहरी श्रोतले भन्यो :“यो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर डर त्रास फैलाउन विष्फोट गराएको हुन सक्छ ।”

प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएको छ ।

Facebook Comments