पोखरा म्याराथनप्रदेशको समृद्धी संग गाँसिएको छ–पर्यटन मन्त्रीलम्साल

पोखरा,३ माघ । यहिफागुन ३ गते पोखरामाहुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथन गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको गण्डकी प्रदेशकाउद्योग पर्यटन वनतथावातावरण मन्त्रीविकास लम्सालले बताएका छन् ।

भुतपूर्व खेलाडी मञ्चपोखराले शुक्रबार आयोजना गरेको म्याराथनविषयकअन्तरक्रियामामन्त्रीलम्सालले उक्त कुराबताएकाहुन् । उनले पोखरा म्याराथनपोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धी संग गाँसिएको एक महत्वपूर्ण खेलकुदकार्यक्रमभएको बताउँदै भने–“प्रदेश सरकार अहिले यस्ता खेलकुदकाकार्यक्रमहरु आयोजनागर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफलबनाउनप्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।”

विश्वमा खेलकुदलाई जोडेर बिकासकाआधारहरु अगाडी बढेको बताउँदै मन्त्रीलम्सालले पोखरा म्याराथनलाई निरन्तरतादिन सके भोलिका पिंढीहरुलाई समेत खाकाकोर्न सहयोग पुग्ने बताए । पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउनकार्य गरिरहेकोमाप्रशंसा व्यक्तगर्दैसबैले आशा गरे अनुरुपअनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । म्याराथनपोखरा र प्रदेशको परिचयसँगजोडिएको हुँदायसलाई भव्यरुपमा साथ र सहयोग गर्न सबैलाई लम्सालले आग्रह गरे ।

अन्तरक्रियामामञ्चकाअध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतकागतिविधि र अवहुने म्याराथनकाबारेमाप्रकाशपारेकाथिए । शान्ति र स्वास्थ्यकालागि खेलकुदभन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिकापोखरा म्याराथनले खेलिरहेको उनको भनाई थियो ।
१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्डपिस रन’का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीकालागि दौडका रुपमाउपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानकालागि १३ देशका २७भन्दा वढीको सहभागिता रहने छन ।

पोखरालाई म्याराथनशहरको रुपमाविश्वमा परिचित गराउनतथाविदेशीधावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमाप्रथमहुनेलाई २ लाखनगदप्रदानगर्ने मंचले जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमशनगद १ लाख र ७५ हजार प्रदानगरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदानगरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विलचियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरतादिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतियहुनेलाई क्रमशनगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदानगरिनेछ । महिला–पुरुषह्विलचियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदानगरिने छ । पोखरा म्याराथनमाकूल २८ जनाधावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको उयपजबचबmबचबतजयल।यचनअनलाइन र मोवाइलएप्स बाट समेत खेलाडीले सहभागिताकालागिनामदर्ता गर्न सक्नेछन् ।

कार्यक्रममा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश आयोजक समितीका संयोजकएवमवातावरणविद जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयमहाशाखाप्रमुख डिल्लीराम रिजालको समेत उपस्थिती रहेको थिए । सो अवसरमामञ्चका संस्थापकअध्यक्ष खड्क बहादुर रानाभाट, सचिब कृष्ण तिमिल्सिनालगाएतले बोलेकाथिए ।
तस्बिरः सुदर्शन रन्जित

Facebook Comments