पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको बिजेतालाई २७ लाख, उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार

पोखरा २६, मंसिर । पोखरामा शनिबार देखि पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने भएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शनिबार देखि संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको प्रा.लि.का प्रवन्ध निर्देशक छुम्बी लामाले बताए ।

पोखरा रंगशालमा शनिबार डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन बिरुद्ध काठमाडौँ गोल्डेन्स बिच उद्घाटन खेल हुने भएको छ । प्रतियोगितामा सहभागि हुने अधिकांश टिमहरु पोखरा आएको उनले जनाए । प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिने भएको छ भने उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने भएको छ । उक्त पुरस्कार राषि गत बर्षकै बराबरको हो । यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भएको छ ।

म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने भएको निर्देशक छुम्बीले जनाए ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने भएको छ ।

गत बर्ष २ जना विदेशी खेलाडी रहेकोमा यस बर्ष प्रत्येक टिममा तिन जना विदेशि खेलाडी रहेको छुम्वीले जनाए । लिगको ट्रफी शुक्रबार मंसिर २७ गते पोखराको सांग्रिला भिलेजमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments