पोखरा ट्रेड मलमा नयाँ व्याबस्थापनका साथ बिईगं ह्युमनको शो—रुम पुनः संचालन

दीननाथ बराल पोखरा १७, पुष । पोखरा ट्रेड मलमा नयाँ व्याबस्थापनका साथ बिईगं ह्युमनको शो—रुम पुनः संचालनमा आएको छ । केही समय अघि प्रायाप्त सामानहरु नहुदा अबरुद्ध भएको उक्त शो—रुम हाल नयाँ व्याबस्थापनका साथ विहिबार देखि संचालनमा आएको वस्त्र र्ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले बताए ।

काठमाण्डौंमा करिब ४ महिना जसो उक्त शो—रुम आन्तरिक कारणले गर्दा बन्द हुन पुग्दा धेरै सलमन खानका फ्यानहरु पोखरामा सामान खरिद गर्न आए पनि सामानहरु नभएकोले उनीहरु रिक्तो हात समेत फर्किनु परेको उनले जनाए ।

उनले भने “ हामीले आफ्नो देशमा केही गरौं भनेर विश्व प्रख्यात ब्राण्डहरु हामीले भित्राउने लक्ष्यमा साथ पहिला हामीले विङगं हुमनबाटै सुरु गछौं, हामीले दुई महिनामा चितवन र हेटौंडामा यसको शाखा विस्तार गछौं । ” आगामी दुई बर्ष भित्र भाटभटेनी सहितका ठाउँमा गरी ४० वटासम्म शाखा विस्तार गर्ने महत्वकाक्षि योजना रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले जनाए । पोखराको शो —रुममा हाल ७ सय ९९ देखि १५ हजार ९ सय ९९ मुल्यका मोजा देखि ज्याकेटहरु उपलब्ध छन्।

बिइगं ह्यूमनले करिब ५ सय विभिन्न सामानहरु बजारमा ल्याए पनि पोखरामा भने आफुहरुले हाल ७० प्रकारका सामानहरु उपलब्ध गराएको बख्रेलले बताए । उनका अनुसार आफ्नो ४ सदस्य एक समुहले काठमाण्डांैं सहित पोखराको शो—रुम संचालन गर्न करिब ९ करोड लगानी गरेको छ । गत बर्ष उक्त कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्र्ने शतप्रतिशत कर करिब ४० लाख कर तिरेको उनले जनाए ।

शारीरिक अपाङगता भएका मध्यहरुबाट एक जनालाई रोजगार दिने आफुहरुको योजना भएको अधिकृृत बख्रेलले जनाए । अन्य ब्राण्डलाई पनि अब आफुहरुले समेट्ने योजनामा रहेको उनले जनाए । गत बर्ष करिब ५ करोड मुल्य बराबरको उक्त ब्राण्डका सामानहरुको नेपालमा कारोवार भएको उनले जनाए ।

राजु थापा सहितको टोलीमा सन्तोषचन्द्र बख्रेल, सुरज केसी समेत आफ्नो टिममा रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले बताए । बलिउडका सुपरस्टार सलमान खान संंरक्षक रहेको बिईगं ह्युमन फाउण्डेनसद्धारा संचालित बिईगं ह्युमन क्लोथिङको नेपाल स्थित एक मात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि. रहेको उनले दाबी गरे ।

Facebook Comments