पोखरा क्षेत्रमा अवैधका मोवाइल छ्याप छ्याप्ती लाखौं राजश्व छली

दीननाथ बराल पोखरा ११, फागुन

पोखरा क्षेत्रमा हिजो÷आज भारतबाट अवैध रुपमा भित्रिका मोवाइल छ्याप छ्याप्ती बिक्रि वितरण भएको छ । भन्सार छलेर भारतबाट विभिन्न मोडलका मोवाइलहरु पोखरा क्षेत्रमा हिजोआज छ्याप छ्याप्ती बिक्रि वितरण भएको नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशले जनाएको छ ।

नेपालमा आधिकारीक रुपमा भित्रिनु एक महिना अघि नै अवैध रुपमा पोखरा बजारमा विभिन्न मोवाइल कम्पनीका मोवाइलहरु विभिन्न पसलबाट विक्रि वितरण भएको व्यवसायीहरुको आरोप छ । मल्टीनेश्नल कम्पनी भारतमा लन्च भएको दुई÷तीन दिनमै नेपालमा विभिन्न मोवाइल बिक्रि वितरण हुन थालेको संघ गण्डकी प्रदेश अध्यक्ष शिव पहारीले गुनासो गरे ।

उनले भने “ यति वेला पोखरा क्षेत्रमा करिब ५० प्रतिशत अवैधका मोवाईल बिक्रि वितरण भएको छ, यसको रेखदेख र अनुगमन कस्ले गर्दा, यसबाट आम उपभोक्ताले तत्काल केही सहुलियतमा मोवाइल हात पारे पनि बिक्रि पछिको सेवा प्राप्त गर्न कठिन हुन्छ । ” पोखरा क्षेत्रमा मासिक करिब ६ करोडको मोवाइलको कारोवार हुने बताएका अध्यक्ष पहारीले हाल अवैधका मोवाइल नै करिब ५० प्रतिशत जसो बिक्रि भएको दाबी गर्छन ।

रियल मी को एक्स टु, एक्स टी, भिभोको वाई नाइन्टी लगायतका मोवाइल पोखरा क्षेत्रमा अवैध रुपमा बिक्रि वितरण भएको व्यवसायीहरुकै दाबी छ । सामान्यतया १२ हजार देखि ४० हजार मुल्य बराबरका मोवाइलमा यसरी अवैध रुपमा भन्सार छली पोखरा क्षेत्रका विभिन्न मोवाइल पसलमा बिक्रि हुदा पसलेहरुले अवैध मोवाइलमा एक हजार देखि ३ हजार भन्दा बढी नाफा आम्दानी गर्ने हुदा र भ्याट विल समेत काट्न नपर्ने हुदा यस्तो अवैध मोवाइलको कारोवार बढेको हुन सक्ने अध्यक्ष पहरीले बताए । अघिल्लो सरकारले दुई बर्ष अघि हात हातमा मोवाइल घर घरमा इन्टरनेटको अभियान ल्याएको थियो ।

जुन अभियान अन्र्तगत मोवाईल आयातकर्तालाई भ्याट विल संकलन पश्चात सरकारले पुनः १३ प्रतिशत रकम फिर्ता गर्दा धेरै मोवाइलहरु बैधानिक रुपमा नेपालमा बिक्रि वितरण हुने गरेको बताएका अध्यक्ष पहारीले हाल सरकारले उक्त भ्याट फिर्ता नगर्ने भएसंगै केही व्यवसायीले अबैध रुपमा भन्सार छली मोवाइल नेपाल भित्राउदै बिक्रि वितरण गर्न थालेको हुन सक्ने जनाए । पोखरा क्षेत्रमा करिब एक सय भन्दा बढी मोवाईल पसलहरु रहेकाछन्।

संघका केन्द्रिय सदस्य मनोहर श्रेष्ठले बजारमा अबैध मोवाइलले बजार लिदा वैधानिक रुपमा करोडौं लगानी गरी मोवाइल पसल संचालन गर्नेहरु प्रभावित हुन सक्ने जनाए । ओप्पो, सामसुङ, भिभो, रियल मी को लगायतका ब्राण्डको नयाँ मोवाइल बजारमा अबैध रुपमा भित्रिन थालेको उनले जनाए । बजारमा जथभावी रुपमा अवैध मोवाइलले बजार लिदा आफुहरु ठुलो मर्कामा परेको उनले गुनासो गरे ।

टि.एन.इन्टरप्राइजेजका संचालक तारानाथ आचार्यले सस्तोमा मोवाइल पाए भन्दैमा नकिन्न आम उपभोक्तालाई आग्रह गर्दै वारेन्टी विनाका अबैध सामान चोरीका समेत हुन सक्ने बताए । कपडा, प्याज, तरकारीमा समेत भन्सार छली विभिन्न व्राण्डका मोवाइलहरु नेपाल भित्रिएको हुन सक्ने उनले बताए ।

यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बजारमा अवैध मोवाइल भित्रिएको बिषयमा आन्तरिक राजश्व कार्यालयलाई अनुगनम गर्न निर्देशन दिने बताए । अवैध सामान भित्रिने बिषयमा भन्सार कार्यालयले र अन्य जिल्लामा यसको राम्रो अनुमगन हुनुपर्ने उनको भनाइ थियो ।

Facebook Comments