पोखरामा २ करोड मुल्य बराबरको उखुको कारोवार झापा र धरानबाट पोखरामा उखु भित्रिएसंगै यस बर्ष करिब ४० प्रतिशत उखुको मुल्य सस्तियो

दीननाथ बराल पोखरा, ८ फागुन

पोखरामा शिवरात्री पर्वको अवसरमा करीब २ करोड मुल्य बराबरको उखुको कारोवार हुने भएको छ । शिवरात्रीको अवसरमा परम्परागत रुपमा चल्दैै आएको उखु पट्काएर खाने प्रचलनलाई यस बर्ष पनि जिवन्त राख्न पोखरामा यस पाली करीब दुई करोड मुल्य बराबरको उखुको कारोवार हुने भएको व्यावसायीहरु बताउछन् ।

गत बर्षको तुलनामा पोखरामा करिब ४० प्रतिशत जस्तो बढी उखु भित्रिएसंगै मुल्यमा केही सहुलियत भएको छ । पोखरामा यस बर्ष झापा र धरानबाट कालो जातको उखु भित्रिएसंगै पोखरामा यस बर्ष उखुको मुल्यमा गत बर्षको तुलनामा करिब ३० देखि ४० प्रतिशत जसो सस्तिएको एक व्यवसायी शिव कुमार अधिकारीले बताए ।

ग्यावारे (कालो) जातको उखु उनले गत बर्ष प्रति मुठा ( २० वटा लाक्रो) लाई ९ सय देखि एक हजारमा बिक्रि गरेका थिए भने यस बर्ष ६ देखि ७ सयमा बिक्रि गरेकाछन्। अधिकारी सहितको केही व्यवसायीले झापाबाट ४ ट्रक उखु पोखरामा भित्राएका हुन्। गत बर्ष उखु व्यवसायी अधिकारीले ३ लाखको उखुको कारोवार हुदा ८० हजार मुनाफा कमाउन सफल भएकोमा यस बर्ष मुनाफा हुने कम सम्भावना रहेको गुनासो गरे ।

उखु व्यवसायी हर्क बहादुर कुवंर यस बर्ष शिव रात्रि पर्वको अघिल्लो दिनसम्म आफुले ल्याएको १ हजार वटा भन्दा बढी उखु बिक्रि नभएकोमा चिन्त्तित भएकाछन्। उनले यस बर्ष करिब १ हजार ३ सय वटा मात्र उखु बिक्रिको लागि पोखरा ल्याएका हुन्। गोर्खाका अर्को उखु व्यवसायी अमृत कुमाल सहितको एक टोलीले एक ट्रक धरानको कालो जातको उखु पोखरामा बिक्रिको लागि ल्याए पनि सोचे अनुरुपको बिक्रि नभएको गुनासो गरे ।

पोखरामा झापा र धरान सहित मकवानपुर, धादिङ, गोर्खा, स्याङजा लगायतका क्षेत्रबाट यस बर्ष करिब एक सय १० मेट्रिक्टन उखु भित्रिएको कृषि बजार व्यबस्थापन समिति पोखराले जनाएको छ । गत बर्ष पोखरामा करिब ६५ मेट्रिक्टन उखु भित्रिएको समितिका योजना यहायक रुपाकुमारी दहालले बताइन्। पोखरा भित्रिएको उखुको मुल्य प्रति गोटा (लाक्रो) ३० देखि ८० रुपैयामा विक्रि वितरण भएको छ । कालो उखु, ग्यावारे, सानो लगायतका उखुको जात पोखरामा भित्रिएको हो । पोखराका विभिन्न शिव मन्दिर नजिकका पसलहरुमा उखु बिक्रिको लागि राखिएको छ । शिवरात्रि पर्व भोलि (शुक्रबार) देश भरी शिवको पुजा आरधना गर्दैै मनाइने तयारी गरिएको छ ।

ब्ततबअजmभलतक बचभब

Facebook Comments