पोखरामा ११ औं क्यान इन्फोटेक मेला सुरु विज्ञान र प्रविधिलाई बेवास्ता गर्दा देश पछि प¥यो :प्रदेश प्रमुख शेरचन


पोखरा, ११ फागुन


गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले राज्यले विज्ञान र प्रविधिलाई बेवास्ता गर्दा देश पछि परेको बताउनुभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ, कास्कीले आयोजना गरेको ‘११ औं बृहत सूचना प्रविधि मेला–२०२०’ (क्यान इन्फोटेक मेला)को आइतबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले विकास र समृद्धिका लागि विज्ञान र प्रविधिलाई जोड दिनुपर्ने बताउनुभयो । ‘यसअघिका सरकारले विज्ञान र प्रविधिलाई जोड दिएनन्’, उहाँले भन्नुभयो, ‘जसका कारण देख पछि प¥यो ।’

विज्ञान र प्रविधिलाई जोड दिने छिमेकी देशहरू चीन र भारतले विकासमा फड्को मारेको उदाहरण दिँदै उहाँले अबपनि विज्ञान र प्रविधिलाई जोड नदिने हो भने नेपाललाई भुटानजस्ता पिछडिएको देशलेपनि पछि पार्ने बताउनुभयो । विकासका लागि विज्ञान र प्रविधिसँगै नैतिकता र अनुशासनलाईपनि जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सूचना तथा प्रविधिको क्षेत्रमा रहेकाहरूलाई उत्पादित वस्तुको बिक्री मात्रै नगरी आफंैले उत्पादन गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सरकारले हरेक क्षेत्रमा प्रविधि प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । टोल टोलमा डिजिटल साक्षरता अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले हरेक तहका सरकारले कानून बनाउँदा सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

क्यान महासंघ, कास्कीका अध्यक्ष रुक्मागत (विश्वास) भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, ला–ग्राण्डी इन्टरनेशनल कलेजका प्रमुख ई. किरण केसी, मेलाका कार्यक्रम संयोजक चण्डीप्रसाद अर्याल, मेलाका मुख्य प्रायोजक प्रभु पेका प्रतिनिधि विजय अधिकारी, क्यान महासंघ, गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, कास्कीका सचिव सेवक क्षितिजलगायतले बोल्नुभएको थियो ।

११औं संस्करणको गण्डकी प्रदेशस्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ फागुन ११ देखि १५ गतेसम्म जारी रहनेछ । सूचना तथा प्रविधिको क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउने उद्देश्यले इन्फोटेक आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ले बताउनुभयो ।

‘कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको भण्डारीले बताउनुभयो । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तृत्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेशस्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रदर्शनी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरू प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरूको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिने उहाँले बताउनुभयो ।
यसपटकको क्यान इन्फोटेकको विशेषता मेड इन नेपाल एक्स्पोजर रहेको छ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गरिएको आयोजकको भनाइ छ । क्यान महासंघले यसका निम्ति सार्वजनिक सूचना निकालेरै यससँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आÞवान गरेको सचिव सेवक क्षितिजले बताउनुभयो ।

‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरू र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ’,उहाँले भन्नुभयो । क्यान इन्फोटेक अवधिभरि विजनेस टक प्रोग्राम सञ्चालन गरिने जनाइएको छ । मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ ।

जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाइन तथा हार्डवयर एण्ड नेटवर्क सम्बन्धी आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताउनुभयो । जसमा आवेदकहरुलाई निःशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आबद्ध रहेका संस्थाहरु तथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिनेछ ।


इन्फोटेकमा आइसिटीसंग सम्बन्धित एक सय वटा रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिनुभयो । इन्फोटेक मेलाबाट करिव ३५ लाख रुपैयाँ आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष आशीष गुरुङले जानकारी दिनुभयो ।

रोबर्टबाट व्यानर खोलेका पुष्प वृष्टि गरेर, रोबर्टबाट कैचीले रिबन काटेर र वायरलेस ड्रोन उडाएर इन्फोटेकको उद्घाटन गरिएको आइटी व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपकराज गिरीले जानकारी दिनुभयो ।

इन्फोटेकमा मुख्य प्रायोजन प्रभु पेले गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंकले साथ दिएको सहसचिव महेन्द्र भुर्तेलले जानकारी दिनुभयो । प्लाटिनम स्पोन्सरमा एनसेल, डायमण्ड स्पोन्सरमा जेरक्स, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्टसेल, शिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, एस–पावर र एक्सन पोइन्ट नेपाल, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, विद्यालय स्तरीय रनिङ सिल्ड आइसिटी क्विज स्पोन्सरमा हिमालयन कम्प्युटर न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्यूरोड पोखरा, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स न्यूरोड, आइसिटी स्पिचमा टिपि लिंक नेटर्वक र रोबोर्ट कम्पिटिसनमा कस्मिक कम्प्युटिङ सोलुसन, आइसिटी कन्फरेन्स स्पोन्सरमा जेनेक्स अटोमेसन न्यूरोडले साथ दिएका छन् । हस्पिटालिटी पार्टनरमा योअर च्वाइस रेष्टुरेन्ट, डोर प्राइज स्पोन्सरमा सेगा कम्प्युटर लिंकले साथ दिएका छन् ।

Facebook Comments