पोखरामा हुने १३ औं सागको ८ खेलमा १ सय ५१ पदकको लागि प्रतिष्प्रर्धा हुनेपोखराका ७ ठाउँमा स्वागत गेट राखिने

दीननाथ बराल पोखरा ९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने ८ खेलमा एक सय ५१ पदकको लागि प्रतिष्प्रर्धा हुने भएको छ ।

४८ स्वर्ण पदक, ४८ रजत र ५५ वटा कास्य पदक सहित १ सय ५१ पदकको लागि एकल तथा सामुहिक तर्फ प्रतिष्प्रर्धा हुने भएको १३ औं साग प्राविधिक समिति पोखराका अध्यक्ष बिद्या मर्सानीले बताए ।

पोखरामा हुने साग अन्र्तगत सवै भन्दा धेरै भारतोलन तर्फ २० स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको छ । सामुहिक खेल महिला क्रिकेट, महिला फुटवल तर्फ एक÷एक स्वर्ण, बिच भलिवल र ह्याण्डवल तर्फ महिला पुरुष गरी २÷२ स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको छ ।

त्यसै गरी आर्चरी तर्फ १० स्वर्ण, व्याडमिन्टन तर्फ ७ स्वर्ण, ट्इयथन तर्फ ५ स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको अध्यक्ष मर्सानीले बताए । व्याण्डमिन्टन तर्फ रजत पनि ७ र कास्य पदक भने १४ वटा प्रदान गरिने भएको छ भने अन्य खेलमा स्वर्ण, रजत र कास्य पदकमा समान रुपमा प्रदान गरिने भएको उनले जनाए ।

४ सय १ जना महिला सहित ७ सय २२ जना खेलाडीहरु पोखरामा हुने ८ खेलमा सहभागि हुने भएकाछन्। यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने १३ औं सागमा पुरुष भन्दा महिला ११ प्रतिशत अर्थात ८० जना बढी खेलाडीहरु सहभागि हुने भएका हुन् ।

१३ औं साग प्राविधिक समिति पोखराले दिएको तथ्याङकको आधारमा पोखरामा हुने सागमा ३ सय २१ जना पुरुष खेलाडीहरु सहभागि हुने भएका हुन्। उक्त खेलमा खेलाडी, पिसियल सहित ९ सय ८ जना सहभागि हुने भएको समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा सहभागि नेपाली खेलाडी, प्रशिक्षक सहितका अपिसियलहरुलाई मंगलबार काठमाण्डौंमा ब्रिफिङ गर्ने कार्यक्रम भएकोले पोखरामा प्रशिक्षमा रहेका करिब १ सय जना खेलाडीहरुको टीम काठमाण्डौं गएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

उनका अनुसार यही मंसिर १२ गते भित्र पोखरामा साग लक्षित सम्पूर्ण भौतिक संरचनाको काम पुरा हुने छ । पोखरामा हुने ८ खेलबाट १८ स्वर्ण पदक ल्याउने आस समेत गरिएको प्रमुख योगीले बताए । उनका अनुसार भारतोलनबाट ५ स्वर्ण, आर्चरी र ट्इयथलनबाट ३÷३, ह्याण्डवल र बिच भलिवलबाट २÷२ स्वर्ण, व्याडमिन्टन, फुटवल, क्रिकेटबाट एक÷एक स्वर्ण पदक आउने आस गरिएको छ । पोखरा रंगशालामा हाल साग लक्षित गरी भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश गुरुङले बताए । पोखरा रंगशालाको सौन्दर्यको काम समेत तिव्र पारिएको उनले जनाए ।

पोखरा महानगर भित्र विभिन्न संघ संस्थाहरुले ७ वटा ठाउँमा स्वागत गेट राख्ने भएकाछन्। पोखरा महानगरका मेयर मानबहादुर जिसीको उपस्थितीमा सोमबार बसेको बैठकले विभिन्न संघ संस्थाको सहयोगमा सागको स्वागत गेट राखिने भएको हो ।

महानगरले मुस्ताङचोकमा, पोखराको तालचोकमा लेखनाथ उद्योग बाणिज्य संघले, वडा प्रहरी कार्यालय बैदाम नजिकको सडकमा पोखरा पर्यटन परिषदले, पोखराको हल्लनचोकमा नेपाल पर्यटन वोर्डले, पोखराको छोरेपाटनमा पोखरा उद्योग बाणिज्य संघले, पोखराको ३२ केभी अम्मरसिंहचोकमा प्याव्सन तथा एनव्याव्सनले, पोखराको सिमपानीमा बस्तुगत संघको सहयोगमा स्वागत गेट राख्न आव्हान गरिएको छ ।

सागलाई लक्षित गरी यही मंसिर १३ गते भित्र स्वागत गेट निर्माण गर्न मेयर जिसीले सम्पूर्ण संघ संस्थालाई आव्हान गरेकाछन्।

Facebook Comments