पोखरामा हट एयर बेलुनमा उडान भर्नेको सङख्याङ बढ्दो

दीननाथ बराल पोखरा २८, फागुन

पोखरामा सहासिक खेल हट एयर बेलुनमा उडान भर्नेको सङख्याङ बढ्दो रुपमा रहेको छ । गत बर्ष करिब १ हजार ८ सय जनाले हट एयर बेलुनमा उडान गरे पनि यस बर्ष भने करिब दुई हजार भन्दा बढीले उडान गरेको बेलुन नेपालका संचालक बिक्रम बाडेले बताए ।गत बर्षको तुलनामा यस बर्ष हट एयर बेलुनमा उडान गर्नेहरुको सङख्यामा बृद्धि हुनुले आफुहरु थप हौसिएको उनले जनाए । चिनिया, भारतीय सहितका धेरै पर्यटक गत बर्ष सहभागि भएकोमा यस बर्ष नेपाली पर्यटकले नै हट एयर बेलुनमा उडान गरेको संचालक बाडेले जनाए । पछिल्लो समयमा बर्थ डे, बैबाहिक जिवनमा प्रबेसको दिनमा समेत आकाशमै केक काटेर मनाउन थालिएको उनले जनाए ।

उनले भने “ पोखरा सहासिक खेल गतिविधिको केन्द्र हो, पोखरामा आउने अधिकांश पर्यटकले सहासिक खेल गतिविधिमा रमाउने गर्छन, त्यसलाई मध्यनजर गरी हामीले पोखरामा कान्छो सहासिक खेल गतिविधि अन्र्तगत हट एयर बेलुन सुरु गरेका हौं । ” हरेक दिन बिहान र बेलुका पोखराको फेवातालको सिरानभाग पामेमा मौसम र पर्यटकको चाप अनुसार दैनिक २÷३ वटा उडान हुने संचालक बाडेले जनाए । पोखराको विमानस्थल देखि करिब ८÷९ किलोमिटर टाडाको दुरीमा विहान ६ देखि ७ बजे र बेलुका ४ बजे देखि हट एयर बेलुन उडान हुने भएको उनले बताए ।

भक्तपुरका बाडेले दार्जिलिङ जाँदा हट एयर बेलुन उडेको देखेसंगै आवस्यक अध्यन गरि पोखरामा सन्् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु गरेका थिए । सुरुमा बेलुनलाई भुइँमा बिछ्याएर पङ्खाले बेलुनमा आधा हावा भर्ने गरिन्छ । त्यसपश्चात एलपिजी ग्यास बालेर बेलुन भरिन्छ जसले तातो हावा भए पछि विस्तारै वेलुनलाई पाइलटले डोरीको सहायताले आकासमा घुमाउने गर्छन्।

एक्काईस मिटर अग्लो बेलुनको तल्लो भागमा बत्तिस बर्ग मिटरको बास्केट जडित (यात्रु कक्ष ) रहेको छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न सक्छन्। फेवातालको सिरान भाग पामेको आकासमा उड्दा २ हजार मिटर देखि ४ हजार मिटरसम्म उड्ने भएको बेलुन नेपालका बिष्णुकान्त घिमिरेले जनाए । उक्त बेलुन आकाशमा उडेसंगै पोखरा, फेवाताल, वन जंगल, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम शृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएको उनले जनाए । उक्त बेलुनमा उडान गर्दा सुर्योदय र सुर्यास्तको अवलोकन समेत गर्न सकिने उनले बताए । उक्त बेलुन उडाउने एलेक्स जेण्डर विदेशी पाइलट हुन्।

असार, साउन र भदौ महिना बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान हुने घिमिरेले जनाए । उक्त बेलुनमा उडान गर्दा प्रती ब्यक्ती २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको संचालक बाडेले जनाए । र्याफ्टीङ, प्याराग्लाइडिङ, जिपलाइन, बन्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ लगायतका सहासिक खेलकुदको केन्द्र पोखरामा विगत दुई बर्ष देखि हट एयर बेलुनले समेत पर्यटकहरुलाई थप आकर्षण गर्न थालेको हो ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार शुल्क निर्धारण गरिएको भने अन्य देशका पर्यटकहरुको लागि १ सय २० डलर निर्धारण गरिएको संचालक बाडेले बताए । रिजर्भ गरि प्राइभेट उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै फोटो भिडियोको पेन ड्राइभ सहित पन्ध्र सय अतिरिक्त शुल्क लाग्छ भएको छ । साथै कम्पनीले उडान सगै लेकसाइड देखि पामे सम्मको दुइ तर्फि यातायात सुबिधा र प्रमाणपत्र समेत प्रदान गर्ने भएको छ । भक्तपुरका बिक्रम बाडेले दार्जिलिङ जाँदा हट एयर बेलुन उडेको देखेपछि आवस्यक अध्यन गरि पोखरामा सन २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु गरेका हुन ।

अध्यक्ष बिक्रम बाडे सगै हिमालयन इन्भेस्टमेन्ट प्रालिका तर्फ बाट दीपक कुमार श्रेष्ठ र सबिन महर्जनको संयुक्त लगानीमा करिब चार करोड पचास लाखको लगानीमा हाल दुई वटा वेलुन सहितको अन्य खेल संरचना रहेको छ ।

Facebook Comments