पोखरामा स्कुल बसको ठक्करले अभिभावकको मुत्यु

दीननाथ बराल पोखरा ८, पुष । पोखरामा स्कुल बसको ठक्करले अभिभावकको मुत्यु पोखरा १७ पार्दी स्थित बालोदय बोर्डिङ स्कुलको बसले आज बिहान पार्दीमा बिद्यालयका एक अभिभावक पर्वत कुस्मा घर भई हाल पोखरा बस्दै आएकी २६ बर्षीया सरिता पौडेल (सुवेदी) लाई ठक्कर दिदा उनको मुत्यु भएको प्रहरीले जनाएको छ ।

कक्षा १ मा अध्यनरत आफ्नी छोरीलाई स्कुल बसमा चढाउन आएकी आमा स्कुल बसमा चढाएसंगै ढोकामा एक्कासि चिप्लेर लड्न पुग्दा ग १ ख २४९९ नम्बरको बसले ठक्कर दिदा उनको मुत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

धरान सुनसरीका चालक रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments