पोखरामा सहासिक खेल प्याराग्लाइडिङ संचालन, व्यवसायीक उडान भने असोज ५ देखि सुरु हुने

दीननाथ बराल पोखरा २, असोज

पर्यटकीय नगरी पोखरामा सहासिक खेल प्याराग्लाइडिङ विगत ६ महिना पछि पुन संचालनमा आएको छ । कोरोना भाइरसको कारण विगत ६ महिना देखि प्रभावित भएको प्याराग्लाईडिङ खेल शुक्रबार देखि पोखरामा पुःन संचालनमा आएको नेपाल हवाई खेलकुद संस्था(ना)का अध्यक्ष कृष्ण भण्डारीले बताए ।उनका अनुसार शुक्रबार देखि सोलो फ्लाइट प्याराग्लाइडिङ सुरु भए पनि व्यवसायीक(टेण्डम) फ्लाइट भने असोज ५ गते देखि संचालन हुने भएको छ ।

आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी आफ्ना विभिन्न कम्पनिका प्याराग्लाईडिङ पाइलटहरु हाल तयारीमा जुटेको अध्यक्ष भण्डारीले जनाए । लामो समय देखि प्रभावित भएको प्याराग्लाइडिङ व्यवसाय हाल विदेशी पर्यटकहरु आगमन प्रायःशुन्य भएकोले आन्तरिक पर्यटकहरुलाई नै लक्षित गरी बिषेश छुटमा उपलब्ध गराउने भएको उनले जनाए । पोखरामा पछिल्लो बर्ष देखि प्याराग्लाइडिङ खेलले पोखरामा आगन्तुक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको भण्डारीले जनाए ।नेपाल सरकारले असोज १ गते देखि हवाई उडान संचालनको अनुमति दिएसंगै प्याराग्लाइडिङ खेल समेत संचालन गरिएको छ ।

Facebook Comments