पोखरामा विशिष्टिकृत बाल अस्पताल बन्ने


सन्देश श्रेष्ठ पोखरा, फागुन ११

पोखरामा विशिष्टिकृत बाल अस्पताल बनाइने भएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा पोखरा महानगरपालिका र काठमाडौं ईन्ष्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)को सहकार्यमा लेखनाथमा विशिष्टिकृत बाल अस्पताल बनाउन लागिएको हो । विशिष्टिकृत बाल अस्पताल बनाउने विषयमा आइतबार पोखरा महानगरपालिका र काठमाडौं ईन्ष्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)बीच सम्झौता भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा भएको सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हस्ताक्षर गरे ।

विशिष्टिकृत बाल अस्पताल पोखरा महानगरपालिका वडा नम्बर २७ को वडा कार्यालय रहेको स्थानमा बनाइने जनाइएको छ । पोखरा महानगरपालिकाले सिसुवा मातृ अस्पतालसँगै बाल अस्पताल बनाउन प्रस्ताव गरेको छ । बाल अस्पताल र मातृ अस्पताल सँगै भयोभने आमा र बच्चा दुबैको उपचारमा सजिलो हुने भएकाले यस्तो प्रस्ताव गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

कुल ३७ रोपनी क्षेत्रफलमा निर्माण गरिने यो अस्पताल अत्याधुनिक हुनेछ । महानगरपालिकाको जग्गा अस्पताल निर्माणका लागि किओचलाई ३० वर्षका लागि निःशुल्क प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।बैशाख सम्ममा लागत स्टिमेट तयार गरेर निर्माण शुरु गरिने किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले बताए । शुरुमा यो अस्पताल ५० बेडको हुनेछ । पछि बिस्तार गरेर १ शैयासम्म पु¥याइने कोइरालाले बताए ।

अस्पताल बाल रोगमा समर्पित किओचका संस्थापक अध्यक्ष प्रा.डा.कोइरालाले बताए ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले असार भित्र सञ्चालनमा आउनेगरी अस्पताल निर्माण गर्नेगरी काम अघि बढाइएको बताए ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पताल निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्ने बताए ।

Facebook Comments