पोखरामा रगत अभाव-रेडियो अन्नपूर्णले चैत १५ गते रक्तदान कार्यक्रम गर्ने

दीननाथ बराल-पोखरा ७, चैत्र

पोखरामा रगत अभाव भएको सन्दर्भमा रेडियो अन्नपूर्णले यही चैत १५ गते शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा शुक्रबार रेडियोमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

रेडियोले बार्षिक रुपमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम यस बर्ष चैत १५ गते बिषेश सावधानि पूर्णक खुल्ला रक्तदान कार्यक्रमको तयारी सुरु गरिएको प्रवन्ध निर्देशक पालिखेले बताउनुभयो ।

रेडियोले स्थापनाकाल देखि निरन्तर रुपमा आयोजना गर्दै आएको उक्त कार्यक्रम यस बर्ष चैतको तेश्रो शनिबार रेडियोले कोरोना भाइरस सम्बन्धि पूर्व सतर्कता र सजग अपनाउदै रक्तदान कार्यक्रम गर्ने भएको रेडियाका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताउनु भयो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि जोखिम पूर्ण क्षेत्रमा नेपाल समेत रहेकोले सजग र पूर्व सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिदै आएका छन् ।

यसैबिच, क्षेत्रिय रंक्त संचार केन्द्र पोखरामा हाल रगतको अभाव भएको छ । कोरोना भाइरसको हल्ला सुरु भएसंगै रगतको अभाव हुन थालेको केन्द्रका प्राविधिक महेन्द्र के.सी.ले बतयउु भयो । उहाँका अनुसार विश्वमा कोरोना भाइरसको त्रास बढेसंगै पोखरा क्षेत्रमा पनि नियमित रुपमा आयोजना हुने गरेका रंक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएको हो ।

केन्द्रमा ए पोजेटिभ र एबी पोजेटिभ रगत अभाव भएको प्राविधिक केसीले बताउनु भयो। पोखरामा पछिल्लो समयमा डाइलासिस गर्ने बिरामीहरुको सङख्या बृद्धि भएसंगै हाल केन्द्रबाट दैनिक जसो करिब ७० युनिट रक्त खपत हुने गरेको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनु भयो ।

Facebook Comments