पोखरामा बृहत सिमुलेसन विज्ञान प्रदर्शनी हुने

सबिन रेग्मी पोखरा १२ माघ

पोखरामा बुधवारदेखि सिमुलेसन विज्ञान प्रदर्शनी­–२०७६ हुने भएको छ । सिमुलेसन साईन्स सेन्टर लतिपुरको आयोजनामा नेपालमा नै पहिलो पटक बृहत प्रदर्शनी यही माघ १५ देखि २९ सम्म आयोजना हुने आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

बालबालिकाहरुलाई उच्च प्रविधिको प्रणाली र अन्र्तक्रियात्मक अनुभव प्रदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले पोखराबाट यो अभियानको थालनी गरिएको र देशका अन्य स्थानमा समेत प्रदर्शनी गरिने सेन्टरकी निर्देशक प्रतिक्षा थापाले बताइन् ।

पोखरा सभागृहमा आयोजना हुुने प्रदर्शनीमा विद्यार्थीहरुले रोबोटिक, फिजिक्स, बायोलोजी, एष्ट्रोनोमी जियोलोजी, भीआर पद्धति संग सम्बन्धित विषयमा जानकारी लिन सक्नेछन् । नर्सरीदेखि कक्षा १२ सम्मको पाठयपुस्तकमा आधारित ज्ञान र सिपलाई मध्यनजर गर्दै प्रत्यक्ष अवलोकन गराउन सेन्टरले महत्वपूर्ण भूमिका खेल्दै आएको निर्देशक थापाले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै हिसान कास्कीका अध्यक्ष रामजी शर्माले विद्यार्थीहरुमा व्यावहारिक शिक्षा कम भएको अवस्थानमा प्रदर्शनीले टेवा पुग्ने बताए । त्यस्तै प्यावसन कास्कीका अध्ययक्ष प्रेम शर्माले प्रदर्शनीले विशेषगरी विज्ञान विषय अध्ययन र अध्यापन गराउने विद्यार्थी र शिक्षक दुवैलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा एन प्यावसन कास्कीका उपाध्यक्ष केशवशरण पौडेल, युनिप्स कास्कीका अध्यक्ष सन्त गुरुङ्ग र मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष मिलन के.सी. ले प्रदर्शनी अवलोकन पश्चात अवलोकनकर्ताले गुनासो भन्दापनि केहि नयाँ कुरा सिक्न प्रदर्शनी फलदायी हु्ने विश्वास व्यक्त गरे । करिव १ लाख अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गर्ने आयोजकको दाबी छ ।

Facebook Comments