पोखरामा प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको वल्र्ड कप एसियन टुर सुरु २० देशका ९० जना प्याराग्लाइडिङ पाइलट पोखरामा

दीननाथ बराल पोखरा ११, फागुन

पोखरामा सहासिक खेल प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको उच्च लेवलको “वल्र्ड कप एसियन टुर” २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । प्याराग्लाइडिङको अन्तराष्ट्रिय संस्था एफ.ए.आई र प्याराग्लाइडिङ वल्र्ड कप कमिटिले नेपालको पोखरामा उक्त वल्र्ड कप एसियन टुर आयोजना गर्न मान्यता दिएसंगै पोखरामा उक्त प्रतियोगिता आज आइतबार देखि सुरु भएको हो ।

उक्त प्रतियोगिता फागुन १७ गते सम्म पोखराको सराङकोटबाट उडान भरी निर्धारित दुरी अकासमा पार गरी प्रतियोगिहरु खपौदीमा अवतरण गर्ने भएका हुन्। प्रतियोगितामा नेपाल सहित २० देशका ९० जना प्याराग्लाईडिङ पाइलटहरुको सहभागिता रहेको हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुन ३० देशका एक सय २५ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराए पनि अन्तिम समयमा आएर कोरोना भाइरसका कारण केही देशका खेलाडीहरु सहभागि नभएका हुन्। नेपालबाट १३, कोरियाबाट १६, भारतबाट १४, अमेरीकाबाट ५, यूरोप, वेल्जियम, अष्ट्रिया लगायतका देश प्याराग्लाईडिङ पाइलटहरुको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगिता महिला तथा पुरुष एकल तथा टिम इभेण्टमा हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा पोखरामा उक्त इभेण्टमा पहिलो पटक भएको संघका महासचिव शैलेन्द्र रावतले बताए ।

एसियन प्याराग्ग्लाईडिङ पाइलटलाई विश्व र्याङकिङका खेलाडीहरुसंग राम्रो सिपको विकास गराउने उद्धेश्यले क्रस कन्ट्रि तर्फको इभेण्ट नेपालमा भएको अन्तराष्ट्रिय संस्थासंग समन्वय समेत गरेका पूर्व कप्तान विमल अधिकारीले बताए । एसियन खेलाडीहरुको क्षमता बृद्धि गरी प्याराग्लाइडिङको वल्र्ड कप सुपर फाइनलमा समेत पु¥याउने लक्ष्यका साथ उक्त प्रतियोगिता नेपालमा पहिलो पटक भएको उनले जनाए । नेपालमा हुने उक्त प्रतियोगिता यस बर्ष सुरक्षा र व्याबस्थापकिय दृश्टिले चुस्त भएमा अर्को बर्ष वल्र्ड कप आयोजना हुने धेरै सम्भावना रहेको अधिकारीले बताए ।

नेपाल भ्रमण बर्षको अवसरमा पोखरामा हुने उक्त प्रतियोगिताले नेपाल र पोखराको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पु¥याउने भएको ना का अध्यक्ष भण्डारीले बताए । नेपाल पर्यटन बोर्डले उक्त प्रतियोगितामा प्रबद्र्धन गरेको छ । यस अघि पोखरामा क्रस कन्ट्रि तर्फ प्रि वल्र्ड कप र प्याराग्लाइडिङको एकुरेसी तर्फको इभेण्टमा स्याङजाको स्वरेक मैदानमा वल्र्ड कप भएको थियो । नेपालले प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको इभेण्ट तर्फ एसियन गेम्समा रजत पदक हात पर्न सफल भएको छ ।

नेपालमा हालै सम्पन्न भएको १३ औं सागमा न्यूनतम तीन देशको सहभागिता नहुदा नेपालले यस प्रतियोगिताबाट पदक ल्याउन चुकेको थियो । २८ खेल मध्य प्याराग्लाईडिङ प्रतियोगिता सागमा संचालन भएन । साग राष्ट्रमा प्याराग्लाइडिङ खेल सरकारी स्तरबाट खेल संघ मान्यता नपाएको कारणले गर्दा पनि ओलम्पिकको झण्डा मुनि हुने खेलमा विभिन्न देशका खेलाडीहरु सहभागि हुन पाउदैनन्।

Facebook Comments