पोखरामा पनि आतिसवाजी सहित सागको भव्य उद्घाटन ५० स्वर्ण पदक जित्छौंः सदस्य सचिव शिल्वाल

दीननाथ बराल पोखरा १६, मंसिर । पर्यटकीय नगरी पोखरामा पनि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजी सहित भव्य उद्घाटन गरिएको छ । आइतबार काठमाण्डौंमा भव्य समारोहका बिच उद्घाटन भएको भोलि पल्ट ८ वटा खेल हुने पोेखरामा पनि काठमाण्डौंकै जस्तै गरी आतिसवाजी सहित भव्य रुपमा उद्घाटन भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त खेलको शुभारम्भ गर्दै राष्ट्रको नाममा खेल्ने खेलाडीहरुलाई राज्यले हेर्ने बताए । उनले भने “ पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त भएका छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौं । ”

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार शिल्वालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा दृर्णइच्छा शत्ति भएका कारण सम्भाव भएको दाबी गरे । उनले भने “ मलाई जसरी विश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य सचिवको जिम्मेवार दिनु भयो त्यसलाई सफल पार्न सवैको साथ सहयोगले आज साग काठमाण्डौं, पोखरामा शुभारम्भ भएसंगै अब मंसिर २० गते जनकपुरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ” ५० स्वर्ण पदक जित्ने आफुहरुको लक्ष्य रहेको उनले जनाए ।

उनले भने “ साग सुरु भएको केही दिनमै हामीले १५ स्वर्ण पदक जितीसकेका छौं, १३ औं साग हामीले इतिहास रच्नुपर्छ, कम्तिमा ५० स्वर्ण पदक जित्ने अपेक्षा गरेका छौं । ”राखेप सदस्य राजेश कुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको बताउदै यसमा केही गल्ती हुन सक्ने जनाए ।

उद्घाटनको अवसरमा विभिन्न जनजातिको भेषभुषा भल्कनी भेषभुषा सहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झाण्डा सहित मार्च मास गरेको १३ औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका तेज बहादुर गुरुङले बताए । उक्त आतिसवाजी गर्न करिब १० लाख खर्च भएको बतान्छ । पोखरामा भएको आतिसवाजी भने एक घण्टासम्म चलेको थियो । अधिकांश खेलाडी सहितका अफिसियलहरु आफ्नो गन्तव्यमा लागेसंगै करिब आधा घण्टासम्म आतिसवाजी भएको थियो ।

पोखरामा संचालन भएको साग अन्र्तगत प्रबेश शुल्क वापत दुई दिनमा करिब दुई लाख मुल्य बराबरको टिकट बिक्रि भएको श्रोतसाधन व्यबस्थापन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।

पोखरा रंगशालामा महिला तर्फको फुटवल खेल भोलि देखि सुरु हुने भएको छ । मंगलबार उद्घाटन खेलमा नेपाल बिरुद्ध श्रीलंका बिच पहिलो र भारत बिरुद्ध माल्दिप्स बिच खेल हुने भएको छ । पोखरा रंगशाला बाहिर भारतोलन, ट्रायथालन र बिच भलिवल हुने भएको हो । १३ औं साग आइतबार देखि सुरु भए पनि पोखरामा ८ खेल मध्य आइतबार देखि ब्यामिन्टन खेल सुरु भएको हो । सोमबार ट्राय्थलन, महिला क्रिकेट खेल सुरु भएको हो ।

उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन्। उनले ट्राय्थलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्। ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ ।

Facebook Comments