पोखरामा पत्रकारलाई प्रहरीको दुव्र्यवहार


कास्की बैशाख २३ रासस

नेपाल पत्रकार महासङ्घ कास्कीले आवरअल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै दुःख व्यक्त गरेको छ । महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको प्रवेशद्वार अघि पत्रकार नेपालीलाई दुव्र्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको हो ।

बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिका बारेमा समाचार सङ्कलन गर्ने क्रममा भिडियो खिँच्दै गर्दा नखिँच्न भन्दै क्यामेरा खोस्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना सङ्क्रमणको महामारीका बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुव्र्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै विज्ञप्तिमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासनसहित सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ ।

Facebook Comments