पोखरामा नेकपाको चुनावि सभास्थल नजिक विष्फोट

पोखरा, मंसिर ११-कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव सभा भइरहेको बेला नजिकै बम विस्फोट छ । पोखराको नयाँ बजारमा बम विस्फोट भएको भएको हो ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको हो ।

कात्तिक २१ गते पनि उम्मेदवारी दर्ताको दिन कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै विस्फोट भएको थियो ।

Facebook Comments