पोखरामा दुई ठुला फुटवल प्रतियोगिता ११ दिनकै अन्तरमा हुने

दीननाथ बराल पोखरा ८, पुष । पोखरामा आगामी फागुन महिनामा ११ दिनको अन्तरमा दुई ठुला फुटवल प्रतियोगिता हुने भएकाछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (मंगलबार) मोफसलमा हुने खेल तालिका प्रकाशित गर्दै ११ दिनको अन्तरमा पोखरामा दुई ठुला फुटवल प्रतियोगिता हुने आयोजना हुने मिति सार्वजनिक गरेको हो ।


आगामी फागुनको १ देखि १० गते सम्म मनकामना कप फुटवल प्रतियोगिता हुने भएको एन्फाले जनाएको छ भने ११ दिनको अन्तरमा फागुन २२ गते देखि देखि चैत्र १ गते सम्म आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।

सहारा क्लवले विगत १८ बर्ष देखि निरन्तर रुपमा पोखरामा मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता गर्दैै सहारा एकेडेमी समेत संचालन गरेकोले एकै मितिमा दुई ठुला प्रतियोगिता हुदा आफुहरुलाई प्रत्यक्ष असर पर्ने भएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले गुनासो गरेकाछन्। उनले भने “ हामीले लिग सकिए लगतै हामीलाई मिति मिलाईदिनु होला भनेका थियौं, एन्फाबाट सार्वजनिक भएको मिति मै हामीले आयोजना हुने गरी अब हामीले छिट्टै बैठक बसेर बजारमा जान्छौं । ” आफुहरुसंग केही समय भएकोले पनि राम्रा र विदेशी टिम सहितको राम्रो व्याबस्थापन गरी पोखरेली दर्शकलाई आकर्षण गर्ने आफुहरुको लक्ष्य रहेको अध्यक्ष थापाले बताए । उनले भने “ हाम्रो लागि यो एकै मितिमा दुई ठुला प्रतियोगिता हुनु चुनौती हो तर हामीले यसलाई सामना गछौैं, प्रतिकुलमा अनुकुल नबाउने हाम्रो प्रयास रहने छ, यसमा हामीलाई पोखरेली दर्शकको पक्कै पनि साथ र सहयोग हुने हामी पुर्ण विश्वस्त छौं । ” आहा रारा गोल्ड कपको १८ औं संस्करणको तयारी केही दिनमा गर्ने उनले जनाए ।


गत फागुन ९ देखि १८ गतेसम्म पोखरामा संचालन भएको १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७५ बाट एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको क्लवले करिब ५ महिना पछि साउन १८ गते आय व्याव सार्बजनिक गर्दै जनाएको थियो । गत बर्ष प्यारापिट बिना आयोजना भएकोले आहाको पछिल्लो इतिहासमै कम रकम बचत भएको थियो । अन्य प्रतियोगितामा न्यूनतम १५ देखि २५ लाखसम्म बचत हुने गर्थो । आहा राराको बचत रकम सहारा एकेडेमीमा क्लवले खर्चिदै आएको छ । एकेडेमीमा हाल २५ जना वालकहरु रहेकाछन्।

कास्की जिल्ला फुटवल संघका अध्यक्ष मिलन गुरुङले एन्फाले दिएको मितिमा आफुहरुले मनकामना कप फुटवल प्रतियोगिता आयोजना गर्ने जनाए । उनले भने “ एन्फाले फागुन १० गतेसम्म हामीलाई मिति दिए पनि हाम्रो लागि भने फागुन १२ गतेसम्म नै हो, हामीले १२ टिम सहभागि गराउने गरी अब छिट्टै तयारीमा लाक्छौं ।” गत वर्षको उक्त प्रतियोगिताको आय व्याय सार्बजनिक गर्दै औपचारिक रुपमा आफुहरुले पोखराबाट मनकामना कपको मिति सार्वजनिक गर्ने भएको अध्यक्ष गुरुङले बताए ।

गत माघ २७ गते उक्त प्रतियोगिता सम्पन्न भए पनि हालसम्म आय व्याय सार्बजनिक गर्न नसक्नुलाई धेरैले एन्फा प्रति नकरात्मक दृष्टिले हेरेको पान्इन्छ ।


सातौं संस्करणको मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७६ को अब तयारीमा आफुहरु जुट्ने भएको उनले जनाए । यसैबिच, एन्फाले तय गरेको खेल तालिका अनुसार मोफसलमा २५ वटा खेलको मिति तय गरी सार्जजनिक गरेको हो । आउँदो फागुन ३ गतेसम्म शहिद स् मारक लिग चल्ने भएको छ ।

Facebook Comments