पोखरामा ट्याक्सिको ठक्करले मोटरसाइकलमा सवार एक युवाको मृत्यु

दीननाथ बराल पोखरा १, फागुन

पोखरामा ट्याक्सिको ठक्करले मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ । पोखरा ५, जिरो किलोमिटरमा आज बिहान करिब ४ः३० बजे ग १ ज ४०९७ नं.को ट्याक्सीले ग १० प २५५५ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ३५ बर्षीय पदमसिंह दडालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दृर्घटना पश्चात उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दार्चुला घर भई हाल पोखरा बस्दै आएका दडालको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । मोटरसाइकल हल्लनचोक देखि सृजनाचोक तर्फ आउदै थियो भने ट्याक्सि विपरित दिशाबाट जार्दै गरेको स्थानियले बताए ।

मोटरसाइकल चालक काभ्रे घर भई हाल पोखराको न्यूरोड बस्ने वर्ष २४ बर्षीय आशिष भुजेल घाईते भएकाछन्। उनी खतर मुक्त भएको अस्पताल श्रोतले जनाएको छ । ट्याक्सि चालक बागलुङ घर भएका २६ बर्षीय गौवान सिंह बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments