पोखरामा कोरोनाभाइरस पोजेटिभ देखिएको छैन-स्वास्थ्य मन्त्रालय, गण्डकीका मन्त्रीद्वारा गल्ति स्वीकार

आरजू/अनलाइनअन्नपूर्ण÷पोखरा २१, चैत्र

नेपालमा भेटिएका ६ जना मध्य पाँच जना कोरोनाभाइरस संक्रमितले उपचार गराईरहेका छन् । ति मध्य दुई जनाको काठमाडौं टेकुमा, बागलुङका दुई जना र धनगढीमा एक जनाको उपचार भईरहेको छ भने अहिलेसम्म पोखरामा पोजेटिभ देखिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्रा डा. विकास देवकोटाले पोखरामा कोरोनाभाइरस संक्रमण पोजेटिभ नदेखिएको स्पष्ट पार्नुभएको हो ।
आज अपरान्ह केहिबेर पोखरामा कोरोनाभाइरस संक्रमणको नमूना पोजेटिभ भेटियो भनेर हल्ला चाँहि भाईरल भएको थियो भने केहि अनलाइनमा पोखरामा पोजेटिक भेटिएको समाचार प्रकाशित भएपछि त झन् भाइरल दोब्बर भयो । ठिक सोहि समयमा अपरान्ह ४ वजे काठमाडौंमा पत्रकार सम्मेलनमा पोखरामा कोरोनाभाइरस पोजेटिभ नदेखिएको .प्रवक्ता डा. देवकोटाले जानकारी दिएपछि तत्काल अनलाईन न्यूज पोर्टलका समाचार सच्याउनु परेको थियो ।
शुरुमा केहि जिम्मेवार जनप्रतिनिधिले समेत फेसबुकमा राखेको स्टाटस र प्रदेश सरकारका दुई मन्त्रीलाई श्रोत बनाएर हतारमा बनाईएका समाचार आउँदा हल्ला वढि भएको र सबैलाई शसंकित बनाएको थियो । जब मन्त्रालयका प्रवक्ता डा.देवकोटाले पत्रकार सम्मेलनमा पोखरामा पोजेटिभ नदेखिएको स्पष्ट पार्नुभयो त्यसपछि गण्डकीका मन्त्रीसंग सम्पर्क गर्दा पनि उहाँहरुबाट गल्ति भएको स्वीकारोक्ति आयो ।
अहिलेसम्म नेपालमा १ हजार २७७ जनाको नमूना परिक्षण गरिएको छ भने ६ जनामा संिक्रमण देखिएको हो । ति मध्य एक जना निको भएर घर फर्कि सकेका छन् भने पाँच जनाले उपचार गराईरहेका छन् । डा.देवकोटाका अनुसार देशभर १२० जना आईशोलेसनमा रहेका छन् । काठमाडौंमा १५ तथा काठमाडौं बाहिर १०५ जना रहेका छन् ।
हाल सरकारले प्रदेशबाट पनि परिक्षण शुरु गरिसकेको छ । धरान, पोखरा, हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा परिक्षण शुरु गरिएको छ भने बुटवलमा परिक्षण उपकरण जडानको काम भईरहेको डा.देवकोटाले बताउनु भयो ।

Facebook Comments