‘पोखरामा अपांगता ग्राम बनाउन १ करोड आयो, डिजिटल परिचय पत्र हुन्छ’, सामाजिक विकास मन्त्री :पुन(video)

आरजू/पोखरा, मंसिर १७

by:aarju
by:aarju

समाजिक विकास मन्त्री नरदेवी पुनले आपांगता भएकाहरुको लागि मन्त्रालय गम्भिर भएर काम गरिरहेकोले केहि हुँदैन कि, सरकारले केहि गर्दैन कि भनेर निरास हुनुपर्ने कारण नभएको विश्वास व्यक्त गर्नुभएको छ ।

“दीगो विकासको लक्ष्य, अपांगता मैत्री भविष्य” नारासहित मंगलवार पोखरामा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दीवश विशेष कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले सरकार सबै खालकाा अपांगता भएकाहरुको पक्षमा गम्भिर भएर काम गरिरहेको बताउनु भयो ।

by:aarju

नेपाल सरकारबाट वौद्धिक अपांगता भएकाको लागि अपांग ग्राम बनाउन लागि १ करोड रकम आएको छ । ठाउँ हेर्न गईरहेको छु, मन्त्री पुनलो भन्नुभयो :“३३ नं वडामा ठाउँ हेर्न गएँ, अरु ठाउँमा पनि हेरें, सकभर एउटै ठाउँमा आवस्यक स्थान चाहेको हो, जनज्योती आधारभूत विद्यालय राम्रो लागेको छ तर मर्जिङ हुन जरुरी छ, विद्यार्थी कम छन्, जसरी पनि यो कामलाई म अगाडी वढाउँछु ।”

मान्त्रालयमा हेल्प डेस्क स्स्थापना भएको छ । पहिले भन्दा धेरै भएको छ तर म सन्तुष्ट छैन, हामी लागि रहेका छौं, मन्त्री पुनले अब गाउँ पालिका, नगरपालिकाले अपांगता भएकाहरुको तथ्यांक दिन जरुरी छ, हामीले तथ्यांक लिने कोशिस गरिरहेका बताउनु भयो ।

डिजिटल परिचय पत्रको आवस्यक्ताको बारेमा मेरो ध्यानाकर्षण भएको छ, मन्त्री पुनले भन्नुभयो ः“हामीले पनि यसका बारेमा सोचेका रहेनछौं, ध्यान पुगेको रहेनछ, अब म गण्डकी प्रदेशका स्थानिय तहका प्रमुख, उपप्रमुखसंग फलफल गर्छु, यो काम पनि हुन्छ ।”

by:aarju

हामीले चाहेको जस्तो सबै एकै पटक नहुने रैछ तर हामी संघियतामा गएपछि अपांगता भएकाको पहुँच पुगेको महशुस हुन थालेको छ, सिंहदरवार हाम्रै ढोका ढोकामा भएको कारण तपाँईहरुको सल्लाह अनुसार हामीले काम गरिरहेका छौं ।” हामीले वजेटको माग गरेका थियौं तर अलि कम आएको छ, अरु श्रोत कसरी जुटाउने भन्ने बारेमा सोचिरहेको छु । मन्त्री पुनले यसपटक दृष्टि बिहिनको लागि अडियो लाईव्रेरीको बनाउन वजेटको व्यवस्था गरेको बताउनु भयो ।

मन्त्री पुनले अपांग साथीहरुले उद्यमशिलता तालिमको लागि योजना बनाएर ल्याउन आग्रह गर्दै अपांग साथीहरुलाई आफ्नो खुट्टामा आफैं उभिन सक्ने बनाउने कुरामा आफु दृढ रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । तपाँईहरु कसैको बोझ नबन्नका लागि तपाँईहरुको साथमा सामाजिक विकास मन्त्रालय छ, उहाँले भन्नुभयो :“स्थानिय निकायमा तपाँईले बहस पैरवी गर्नुहोस् र हामीलाई वजेटको निश्चित व्यवस्था गर्न पहल गर्नुहोस्, म आफ्नो ठाउँबाट लाग्छु ।”

सबै खालमा अपांगता भएकाहरुको तर्फबाट राष्ट्रिय अपांग महासंघ गण्डकीका उपाध्यक्ष प्रमिला थकाली, अधिकारकर्मिको तर्फबाट ईन्सेक गण्डकीका प्रमुख शिव खकुरेल, गैसस महासंघ गण्डकीका अध्यक्ष विना शिलवालले अपांगता भएकाको सम्मान र हक अधिकारको लागि सबैले प्रण गर्नुपर्ने बताउनु भयो ।

नेपाल अपांगता अन्तराष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भईसकेको अवस्थामा उनिहरु राज्य, घरपरिवार र समाजबाट अपमान, दूव्र्यवहार सहनुपर्ने अवस्था आउन नदिन सरकार, समाज र सरोकारवाला पक्ष सजग हुन आवस्यक भएको बताउनु भयो ।

बाटोमा, विद्यालयमा, सरकारी कार्यालयमा कहि भौतिक संरचनाहरु अपांगा मैत्री ीबनेका छैनन् । दशै प्रकारका अपांगता भएकाहरुको साझा चौतारी बन्न आवस्यक छ, दुईचार वटाको मात्र प्रतिनिधित्व भएको जस्तो दखिएको छ यो हुनहुँदैन । उहाँहरुले प्रदेश सरकारले चासो देखाएकोले ऐक्यवद्धासहित आउनु पर्ने र अपांगताको क्षेत्रमा कुनै विभेद नहुने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य अञ्जना केशीले स्वागत गर्दै हाम्रा हरेक प्रकारका निर्माणका क्षेत्रका संरचना अपांग मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलको अध्यक्षतामा भएको कार्यक्रम अघि पोखरा जिरो किलोमिटरबाट सभागृहसम्म वाजागाजासहित र्यालिको आयोजना गरिएको थियो ।

Facebook Comments