पोखरामा अन्तराष्ट्रिय स्वयंसेवक दिवश मनाईयो, रेडक्रस कास्कीद्वारा उत्कृष्ट ९ च्याम्पियन सम्मानित

आरजू, पोखरा, मंसिर १९-नेपाल रेडक्रस सोसाईटी कास्कीले अन्तराष्ट्रिय स्वयंसेवक दिवशको अवसरमा उत्थानशिल नगर प्रवर्धन र सहभागिता “स्योर” कार्यक्रम अन्तर्गत चारवटा लक्षीत समूहका उत्कृष्ट काम गरेका ९ जना च्याम्पियनलाई सम्मान गरेको छ ।

बिहिवार पोखरामा आयोजना गरीएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डे, उपसभापति डण्डराज शर्मा, मन्त्री धर्मराज अधिकारी र उपमन्त्री उर्मिला खड्काले दोसल्ला, सम्मान पत्र र फूल लगाएर सम्मान गर्नुभएको हो

सम्मानित हुनेहरुमा दलित समूहबाट तनुजा थापा सिके, सुजन परियार, सृजना विक पोखरेल रहनु भएको छ । अपांगता भएकाको समूहबाट अन्जना केशी, हितमान छन्त्याल, अव्यवस्थित बसोबास समूहबाट गंगा खपांगी, हेममाया तामाङ र जेष्ठ नागरीक समूहबाट धर्मदत्त तिमिल्सिना र भवानीप्रसाद वराल रहनु भएको छ ।

सभापति डोलराज पाण्डले यसपटक रेडक्रसको कार्य क्षेत्रमा खटिएका स्वयंसेवक, च्याम्पियनहरुलाई सम्मान गर्न पाउँला खुसि लागेको बताउनु भयो । रेडक्रस जातजाति, धर्म, वर्ण, लिंग, राजनीतिक आस्थाबाट माथि रहेर क्रियासिल रहेको संस्था भएकोले विपदको बेलामा मैदानमा उपस्थित हुने रेडक्रसकर्मिले सिमारहित सिद्धान्तले काम गरिरहेको बताउनु भयो ।

रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले स्वयं सेवा अन्तर आत्मादेखि गरीने सेवा भएकोले त्यसबाट आत्मसन्तुष्टि पाईन्छ । मलार्ई वजारमा चर्चाका फोटो खिच्नका लागि गरिएको सेवा सेवा लाग्दैन, देशको विकासको लागि समाजमा गरिने सेवा नै सबैभन्दा ठूलो सेवा हो ।

निर्देशक खेमराज सापकोटाले समाजमा निःस्वार्थ स्वयं सेवाको खाँचो भएकोले सामाजिक सेवाको स्वार्थलाई सोचेर अगाडी बढ्नुपर्ने बताउनु भयो । अफ्ठेरोमा परेकाहरुको सेवामा लाग्नु नै स्वयंसेवीको कर्म भएको बताउनु भयो ।

सम्मानित भएकाको तर्फबाट अञ्जना केशीले समस्याहरुलाई पहिचान गरेर, बहस पैरवी गरेर सबै एकज्ुट भएर लागे भविष्य उज्ज्वल हुने बताउनु भयो ।

उपशाखाहरुको तर्फबाट वडा नं १६ का उपशाखा सभापति जेष्ठ नागरीक कुलप्रसाद भट्टराईले स्वयं सेवा मठ मन्दीरमा गएर मात्र गरिने सेवा नभएकोले मनमा भएको मैलोलाई फालेर मानविय सेवामा लाग्न आग्रह गर्नुभयो ।

अन्तराष्ट्रिय स्वयं सेवक दिवश १९८५ देशि संयुक्त राष्ट्र संघको आव्हानमा मनाईदै आएको हो, स्योर कार्यक्रमका कास्की संयोजक दीवाकर सुवेदीले राष्ट्रसंघ पछि विश्वको ठूलो संस्था रेडक्रस भएको बताउनु भयो । स्वयं सेवा कुनैपनि आशा नराखिकन गरिने सेवा हो, सुवेदीले भन्नुभयो ः“निःस्वार्थ सेवा गरेमा समाजले नै उनिहरुलाई सम्मा गर्दछ तर यस्मा निरन्तरता चाहिन्छ ।”

कार्यक्रममा यसअघि सहभागिलाई उपमन्त्री उर्मिला खड्काले स्वागत गर्नुभएको थियो । सिल अधिकृत नवराज भण्डारीले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेको अध्यक्षतामा भएको थियो ।

Facebook Comments