पोखराको शहिद पार्कमा धामाधम राष्ट्रिय विभूति तथा शहिदहरुको शालिक निर्माण हुदै रबिन्द्र अधिकारीको शालिक विहिबार अनावरण हुदै


दीननाथ बराल पोखरा १४, फागुन

पोखरा १८ सराङकोट स्थित जामुनबोट (ग्र्याजाती) मा शहिद तथा राष्ट्रिय विभूतिहरुको शालिक निर्माण कार्य धमाधम भईरहेको छ । पोखरा महानगरपालिकाले ५७ रोपनी क्षेत्रफल रहेको उक्त स्थानमा पोखराका मुख्य चोक( आइल्याण्ड) मा रहेका विभिन्न शालिकहरुलाई समेत राष्ट्रिय विभूति तथा शहिद पार्कको रुपमा विकास गरी ग्र्याजातिमा राख्ने निर्णयसंगै हाल उक्त क्षेत्रमा शालिक निर्माण धमाधम भईरहेको राष्ट्रिय विभूति तथा शहिद पार्क निर्माण समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले बताए । उनका अनुसार उक्त क्षेत्रमा नेपाल एकिकरण गर्ने पूर्व राजा पृथ्बी नारायण शाह, नेपाल कम्युनिस्ट पार्र्टीका संस्थापक पृष्पलाल पुष्पलाल र जनआन्दोलनका २०६२÷०६३ का पहिलो शहिद भिमसेन दहालको शालिक राखिएको छ । त्यसै गरी मंगलबार शहिद पार्कमा रबिन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको समेत शालिक राखिएको सदस्य सचिव तिमिल्सिनाले बताए । पोखरा जिरोकिलोमिटर क्षेत्रको चोक (आइल्याण्ड) मा रहेको उक्त शालिक शहिद पार्कमा स्थापना गरिएको उनले जनाए ।


त्यसै गरी रबिन्द्र अधिकारीको भोलि विहिबार फागुन १५ मा प्रथम स्मृति दिवसको सन्दर्भमा हालै जामुनबोटमा निर्माण भएको शालिकको अनावरण गरिने भएको छ । विहिबार विहान करिब ८ः०० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त शालिक अनावरण गर्ने तयारी गरिएको महानगरले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री अधिकारीको गत बर्ष ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएको फागुन १५ लाई रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा सभागृहमा स्मृति सभाको समेत आयोजना गरेको छ ।

रबिन्द्र अधिकारीको पूर्णकदको रंगिन शालिक करिब साँढे दुई लाखमा निर्माण गरिएको सदस्य सचिव तिमिल्सिनाले जनाए । त्यसै गरी नेपाल पर्यटन वोर्डले रबिन्द्र अधिकारीको शालिक भएको स्थानमा जानको लागि फुट ट्याक निर्माणमा १५ लाख आर्थिक सहयोग गरेको उनले जनाए । धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री, पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला, चित्र बहादुर गुरुङ लगायतको शालिक निर्माण गरीने तयारी गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव समेत रहेका सदस्य सचिव तिमिल्सिनाले बताए ।

पोखरा लेखिएको ६५ मिटरको व्यनर समेत पार्कमा रहने भएको उनले बताए । त्यसै गरु िउक्त पार्कमा हाल खुल्ला व्यमशाला निर्माण भएको छ भने सौचालन, बाल उद्यान संचालन भएको छ । महानगरको आर्थिक सहयोगमा उक्त पार्क संरक्षणको लागि ८० लाखको लागतमा कम्पाउण्ड गरिने भएको छ । यस बर्ष महानगरले एक करोडको लागतमा पार्क निर्माण तथा विभिन्न भौतिक संरचनामा खर्च गर्ने भएको महानगरले जनाएको छ । पोखरा महानगरमा धेरै चोक(आइल्याण्ड) मा रहेका विभिन्न व्यक्तित्वका सालिक प्रकृया मलिायर विस्तारै उक्त पार्कमै व्यबस्थापन गरिने भएको मेयर मानबहादुर जिसीले बताए । उनले भने “ पोखरामा हामीले नयाँ पर्यटकीय गन्तव्यको रुपमा पनि शहिद पार्कलाई स्थापित गर्न खोजेका हौं, जुन पार्कमा राष्ट्रिय विभूति तथा शहिदका शालिक राखिदैछ ।”

उक्त पार्कबाट पोखरा, फेवाताल र हिमश्रृखला समेतको दृश्यावलोकन गर्न सकिने भएको पार्क निर्माण समितिका अध्यक्ष एवं पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उक्त पार्कमा करिब २५ जना सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना रहेको उनले जनाए ।

Facebook Comments