पोखराको विशेष फर्निचर उद्योगमा रहस्यमय ढंगबाट आगलागी लाखौंको क्षति

दीननाथ बराल पोखरा २०, वैशाख

पोखराको एक फर्निचर उद्योगमा रहस्यमय ढंगबाट आगलागी भएको छ । अतिप्रज्वलनशिल पेट्रोलियम पदार्थ रहेको कमला पेट्रोल पम्प भन्दा करिब एक सयमिटर नजिकको दुरीमा रहेको बिषेश फर्निचर उद्योगमा रहस्यमय ढंगबाटआगलागी भएको फर्निचर संचालक दुर्गा प्रसाद भट्टराईले बताए ।

उनले भने “ हामीले लकडाउन भएका दिन देखि डवल लक गरी मिटर अफ गरेकाथियौं, कसरी आगो लागी भयो हामी अचम्मित भएका छौं ।” आफुहरुसंग सिसिक्यामरा समेत जडान गरिएको तर बिमा भने नभएको उनले जनाए । उक्त आगलागीभएको स्थल देखि करिब एक सय मिटर नजिक कमला पेट्रोल पम्प समेत भएकोलेसमयमै आगो नियन्त्रण हुदा ठुलो दुर्घटना हुनबाट बच्न सफल भएको स्थानियकिरण खड्कीले बताए ।पोखरा ९ स्थित नागढुंगामा रहेको उक्त फर्निचर उद्योगमा आज विहान करिब११ः०० बजे लागेको आगो करिब डेढ घण्टा पश्चात नियन्त्रणमा आएको हो ।

आगलागी हुन साथ स्थानियले प्रहरीलाई खबर गरी स्थानीय, नेपाल प्रहरी, नेपालीसेना र शसस्त्र प्रहरी वलको टोलीले पोखरा महानगरपालिकाको दमकलकोसहायतामा आगो नियन्त्रणमा लिएका हुन्। साँघुरो बाटो भएकोले उक्तफर्निचरमा लागेको आगोलाई नियन्त्रण गर्न कठिन भएको स्थानिय प्रेम कंडेललेजनाए ।विकास क्षत्री र दुर्गा भट्टराईले संयुक्त रुपमा विगत दुई बर्ष अघि देखिसंचालना ल्याएको उक्त फर्निचरमा लाखौंको क्षेति भएको भट्टराईले बताए ।उक्त फर्निचरसंगै जोडिएको रत्न पोलि क्लिनीक गर्भपतन सेवामा समेत आगोशल्केको थियो । आगोबाट सामान्य क्षति भए पनि आगो निभाउदा पानीले भिजेर

मेडिकल सहित सोना होटल टे«ेनिङ सेन्टरमा समेत करिब १५ लाख मुल्य बरारकोक्षेति पुगेको मेडिकल संचालक प्रवेश उप्रेतीले जनाए । उनको घरकोझ्यालबाट आगो शल्कीएको उनले जनाए ।स्थानिय विवेक क्षत्रीले आगो लागि भएको देखेसगै फर्निचरसंगै जोखिएकोभैसी फार्मबाट भैलीको दाम्लो केही फुकाउने त केही काट्नाले फार्मकोक्षति हुनबाट स्थानियले बताएका हुन् ।

आफुहरुको १४ वटा भैला भएको उक्तफार्ममा रहेका भैसी समयमै स्थानियले दाम्लो फुकाउनुले आफुहरुको क्षतिहुनबाट बच्न सफल भएको मोहन लम्साल तथा गांगा शर्मा लम्सालले स्थानियलेधन्यवाद दिएका छन्। मधुसुधन अधिकारी, खेल क्षत्री सहितको टोलीले फार्मकाभैसीको उद्धार गरेका हुन्।

Facebook Comments