पोखराको लेकसाईडमा प्रफमेन्स आर्ट मेला

मंसिर ८ पोखरा । पोखराको लेकसाईडको बाराहीघाटमा एक युवा टाउकोमा प्लाष्टिक बेरेर उभिएर बसे उनलाई सास फेर्न ग्राहो भएको थियो । उनको नाम गौरब पौडेल हो । उनको ग्राहो देखेर भिडबाट नै एकजना गएर उनको प्लाष्टिक खोलिदिए त्यसपछि उनि नो एक्जिट शिर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै सबैलाई पर्यावरण जोगाउन आग्रह गरेका थिए ।

बाराहीघाटमा नै अर्का एक युवा २ हात र खुट्टामा भारतको झण्डा झुण्डाएर यताउता हल्लिरहेका थिए । उनि कलाकार टिकाराम पौडेल थिए । टिकारामले अस्तित्व शिर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै नेपाली हामि रहौला कहाँ नेपालै नरहे प्रश्न गरेका थिए ।

बाराहीघाटमा नै अर्का एक युवा आए कपास , विभिन्न रंगहरु र सेतो कपडा भुँईमा ओछ्याए अनि कपास रंगहरुमा डुबाउदै सेतोमा फाल्दै थिए । उनि रेवन राई थिए । उनले विभिन्न रंगहरु मार्फत बिदेशिएका युवाहरुको ईच्छा र खुसी खोजेको बताए ।


बाराहीघाटमा नै अर्की एक युवती आईन गर्भवती भएर तर उनको नक्कली पेट रहेछ । उनि सविता सापकोटा थिईन । सविताले पुरुषप्रधान समाज शिर्षकमा प्रफमेन्स आर्ट गर्दै हाम्रो समाजमा महिला गर्भवती हुँदा पनि छोरा पाउनुपर्छ भन्दै दबाब सहनुपर्दाको पिडा प्रफमेन्स आर्ट मार्फत देखाएको बताईन् ।


लेकसाईडको फुट ट्रयाकमा एक युवा माक्स नै माक्सको बिचमा थिए । उनि उज्वल पौडेल हुन् । उनले माक्स गरी मुखमा लगाउछन गरी खुट्टा,हातमा लगाउछन उनि सास फेर्न नसकेर छटपटाईरहेका थिए । उज्वलले स्वास शिर्षकमा प्रफमेन्स आर्ट गरेको बताउदै पृथ्वी जोगाउन सबैलाई आग्रह गरेका थिए।


लेकसाईडको फुट ट्रयाकमा नै अर्का एक युवा प्लाष्टिक भित्र छटपटाईरहेका थिए र बाहिर पत्रपत्रिका छरिएका थिए । उनि बिनोद रसाईलि हुन् । उनले देश बलियो हुनका लागि अभिव्यक्ति स्वतन्त्रता जनतादेखि सत्तासम्म समान पहुँच हुनुपर्ने बताउनु भयो ।


लेकसाईडको फुट ट्रयाकमा नै अर्का एक युवा गितार बोकेर आईरहदा दमाहा देखेर रोकिएर दमाहा सफा गरेर लिएर बजाउँदै जान्छन् । उनि अनुप अधिकारी हुन् । उनले विकाससगँै अगाडि बढ्दा हाम्रो पहिचान, संस्कृति, संस्कार, नैतिकताको जर्गेना गर्न आग्रह गरे ।


पोखराको लेकसाईड हल्लनचोकमा एक युवा जाली भित्र छटपटाईरहेका थिए । उनि रोशन ज्ञवाली हुन् । उनले जनावरलाई कैद गर्दाको पिडा प्रफमेन्स आर्ट देखाएका थिए ।

लेकसाईड हल्लनचोकबाट बाराहिचोकसम्म एक महिला जन्जिरमा बेरिएर हिडिरहेकि थिईन् । उनि ज्योती हमाल हुन् । उनले महिलालाई बाहिर त निस्किन दिन्छन तर समाजले जन्जिरमा बेरिदिएकाले त्यो तोडिदिन समाजलाई आग्रह गरिन् ।

न्यारेटर अ स्टोरी टेलर समुहले पोखराको लेकसाईड विभिन्न ठाँऊमा प्रशिक्षक चे शंकरको नेतृत्वमा शनिबार ९ वटा भावनाटिका कला ९प्रफमेन्स आर्ट० प्रर्दशनी गरेको थियो ।

Facebook Comments