पोखराको गाइघाँटमा ५० लाखको लागतमा शवदाह स्थल निर्माण हुने

दीननाथ बराल पोखरा १६, फागुन

पोखरा महानगरपालिका १ स्थित गाइघाँटमा शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण हुने भएको छ । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नम्बर १ र स्थानियको सहयोगमा आगामी जेठ महिना भित्र उक्त क्षेत्रमा शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण हुने भएको गाइघाँट शवदाह (चितास्थल) तथा स्नान घाट निर्माण उपभोक्ता समितिका सचिव सुरेन्द्रमणि पराजुलीले बताए ।

गाइघाँटमा हिउँदको समयमा दुई र बर्षादको समयमा दुई वटा गरी ४ वटा शवदाह स्थल निर्माण हुने भएको छ भने त्यसै गरी स्नान घाट, कृयापुत्री भवन, पौवा र ड्याम निर्माण हुने भएको सचिव पराजुलीले बताए । उनका अनुसार ५० लाखको लागतमा उक्त भौतिक संरचना निर्माण हुने भएको हो । उक्त योजनामा महानगरले २० लाख, वडाले १० लाख र ६ लाख स्थानियले संकलन गरेका हुन भने बाँकी रकम पुनः स्थानियबाटै संकलन गर्ने योजना रहेको समितिले जनाएको छ ।

हाल ब्यबस्थित शवदाह स्थल नहुदा बाढी आउदा र बर्खायामको समयमा कुनै व्यक्तिको सो क्षेत्रमा दाहसंस्कार गर्दा निकै कस्टभोग्नु परेको समितिका उपाध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले बताए । बजेट भएको खण्डमा आफुहरुले करोडौंको लगानीमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोजिएको समितिका अध्यक्ष इश्वरीलाल प्रधानले बताए ।

यसैबिच, उक्त शवदाह स्थलको एक समारोहका बिच शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलन्यास गर्दै पोखरा क्षेत्रका घाँटहरुलाई व्यबस्थित पार्न महानगरलाई निर्देशन दिएकाछन्। बाढी पहिरोको जोखिमलाई मध्यनजर गरी लगानी गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले यस्ता विकास निर्माणमा जनताले समेत निगरानि गर्नुपर्ने बताए । नेकपा पार्टी भित्र हाल देखिएको बिबाद तर्फ शंकेत गर्दै उनले सानातिना कुरा अल्झेर बस्न नहुने गल्ती सच्चायर अघि बढ्नुपर्ने बताए । विकास जनताको लागि भएकोले विकास गर्न तर्फ जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाई थियो । ६७ बर्ष पछि कम्युनिष्टले प्राप्त गरेको ठुलो उपलब्धीलाई टिकाइ राख्न साना तिना कुरामा अल्झेर टिकाटिप्पर्णी गर्न आवश्यक नभएको उनको तर्क थियो ।

Facebook Comments