पोखराको कालीज खोरमा चितुवा पस्दा एक सय बढी कालिज मरे


डि.एन.बी.अनलाइनअन्नपूर्ण/पोखरा २०, वैशाख

पोखराको कालीजको खोरमा चितुवा पस्दा करिब एक सय भन्दा बढी कालिज मरेकाछन्। पोखरा १८ मा रहेको कालिज खोरमा आज (शनिबार) विहान पसेको चितुवाले वयस्क कालिज भाले÷ थोपीलाई कुज्दा तथा आक्रमण गर्दा करिब एक सय भन्दा बढी मरेको तुल्सी कुन्ज इकोका संचालक धुर्व थापाले बताए ।
उनका अनुसार चितुवाको आक्रमणमा परी हाल करिब ५० वटा भन्दा बढी कालिज घाइते भएको अबस्थामा रहेकाछन्। चितुवाको आक्रमणमा परी करिब १० लाख मुल्य बराबरको क्षति भएकोे थापाले जनाए । जाली काटेर चितुवा कालिजको खोर भित्र वसेको हुन सक्ने उक्ता फार्म संचालक मध्यका एक पवन कुमार जिसीले बताए ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले हाल आफुहरुसंग चितुवा उद्धार गर्ने इकुमेन्ट नभएकोले गर्दा नियन्त्रणमा लिदा धेरै समय लाग्ने भएकोले गर्दा चितुवालाई खोरबाट छाडिएको बताए ।
करिब २४ रोपनी क्षेत्रफलमा थापा सहित ७ जनाले करिब डेढ बर्ष अघि उक्त कालिज फार्म संचालनमा ल्याएका हुन्। उनका अनुसार गत बर्ष पहिरोले गर्दा आफ्नो कालिज फार्ममा क्षति पुगेको उनले गुनासो गरे ।

Facebook Comments