पोखराको एक चिनारि हरिहर गुफा

पोखरा १९ कार्तिक । नेपालका प्राचिन गुफा मध्येको एक नाम हो ‘हरिहर गुफा’ । पोखरा महानगरपालिका वडा नं २० भलाम—मौजा, कास्कीमा अवस्थित छ हरिहर गुफा ।

पोखराको पूर्वोतर भू—भागमा पोखरा महानगरपालिका वडा नं।१६ संग जोडिएर करिब ७३ रोपनी क्षेत्रफलमा फैलिएको छ हरिहर गुफा । ढुंगाले मात्रै निर्मित मन्दिरको भित्री गोप्य अँधेरो भाग ९ जसलाई गुफा भनिन्छ इष्ट देव हरिहर र साधुको ध्यान बस्ने कोठाको नामबाट आश्रमको नाम हरिहर गुफा रहन गएको जनविश्वास छ ।

१८ औं शताब्दी आसपासतिर हरिहर गुफा सन्यास आश्रम पञ्चजुना अखडा भारतका विख्यात साँधु श्री १००८ दिगम्बर बाबाका वरद शिष्य श्री १०८ स्वामी अम्बर गिरीबाट बैदिक सनातन धर्म मुताविक विधिवत स्थापना भएको अनुमान छ ।

हरिहर गुफा ध्यान साधनाका लागि राम्रो गनत्व्य हो । गुफालाई वैधानिक रुपमा संचालन गर्नका लागि पञ्चमुखि हनुमान, श्री गणेश, अम्बरेश्वर शिवालयको स्थापना गरी उत्तराधिकारी शिष्य परम्परा बमोजिम आश्रम संचालन भएको छ । हरिहर गुफालाई व्यवस्थित बनाउन २०४६ साल भाद्र ६ गते हरिहर गुफा सेवा समिति बन्यो । २०५८ साल असोज १३ गते विधान संशोधन भई श्री हरहर गुफा सन्यास आश्रम नामाकरण गरियो । शंशोधित विधान अनुसार आश्रमको अभिभारा नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष गलेश्वर आश्रम देवघाट धामका पीढाधिश अन्नत श्री विभुषित महा मण्डले श्वर स्वामी आत्मानन्द गिरी महाराजले सम्हालेका छन ।

हरिहर गुफामा विशेष गरी बालाचतुर्दशी, महाशिवरात्री, हनुमान जयन्ती, नव दुर्गा, रामनवमी र श्रीकृष्णष्टमीमा धार्मिक पर्यटकहरुको भिड लाग्ने गर्छ ।

आउँदो मंसिर ९ गते हरिहर गुफा परिसरमा आश्रमकै आयोजनामा बाला चतुर्दशी सद विजारोपण पर्वको आयोजना हुनेभएको छ । मंगलबार गुफा परिसरमै पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको विषयमा जानकारी गराइयो । धार्मिक पर्यटकलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा खुल्ला भजन—चुड्का प्रतियोगिता —२०७६ हुने भएको छ । जसअन्तर्गत प्रथम प्रथम, द्धितिय, सान्तवना,उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभूषा पुरस्कार क्रमश ः रु ३० हजार, २० हजार, ५ हजार, ५ हजार र ५ हजार रहनेछ । टिम दर्ता शुल्क २ हजार तोकिएको भजन—चुड्का उपसमितिका संयोजक महेन्द्रराज पौडेलले बताए ।

नेपालमै धार्मिक पवित्र स्थलको रुपमा चिनाउन उक्त कार्यक्रमको आयोजना गरिएको पोखरा महानगरपालिका वडा नं २० का वडा अध्यक्ष सिम गुरुङले बताए । ‘वडाकै समन्वयमा यसपाली भजन—चुड्का प्रतियोगिता समेत हुनेभएको छ’ , उनले भने, ‘जस्का लागि वडाले समेत २ लाख छुट्याएको छ ।’

आश्रममा अलगअलग महिला तथा पुरुष धर्मशाला, शौचालय सहितका स्नानघर, प्रवचन हल सहित २६ शैया क्षमताको सुविधायुक्त साधक निवास, तारवार सहितको आश्रम परिसरको भित्रपट्टि ५५० मिटर लामो कटिङ्ग ढुङ्गाच्छादित परिक्रमा मार्ग, ईष्टदेव हरिहर, शिवपाञ्चायन, गणेश तथा पञ्चमुखी हनुमानका कलात्मक मन्दिरहरु लगायतका भौतिक निर्माण भएका छन ।

हरिहर आश्रम पुग्नका लागि फुलबारी —११ मणिपाल, भलाम, खोलापुल, चण्डी मन्दिर हुँदै मोटर बाटो, भलामा खेलमैदान देउराली मन्दिर सिम्लेस्वाँरा हुँदै मोटर बाटो, के।आई।सिङ पुल मातृशिशु अस्पताल बाटुलेचौर—१६ काली खोला पक्की पुल भलाम देउराली मन्दिर सिम्लास्ँवारा हुँदै मोटर बाटो, के।आई।सिङ।पुल, जोगीमणी मार्ग तल्लो दिप, कालि खोला झोलुङ्गे, पुल भलाम खेल मैदान ठूलो ढहर सिम्लेस्ँवारा हुँदै हरिहर गुफा जाने पैदल मार्ग निर्माण भएको छ ।

Facebook Comments