पोखरां १९ मा लामो अवधि जन्मान्तरको लागि घुम्ति स्वास्थ्य सेवा

माघ २१, पोखरा-पोखरा महानगरपालिका वडा नं १९ मा लामो अवधिको जन्मान्तरको लागि घुम्ति स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लामाचौर स्वास्थ्य चौकी तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा १९ जना महिलाले ईम्प्लान्ट सेवा, ४ जनाले आईयूसिडि जाँच सेवा लिएका छन् भने १ महिलाले डिपोप्रोभेरा सुईको सेवा लिएकी छन् ।शान्तमाया वराम, सविना श्रेष्ठ र पोखरा महानगरपालिकाका नर्सिङ सटाफले ईम्प्लान्ट र आईयूसिडि सेवा प्रदान गर्नुभएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य स्वयं सेवीकाको सक्रिय सहभागिता रहेको थियो ।

Facebook Comments