पृथ्वी नारायण क्याम्पसका दई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिने

पोखरा, २३ पौष । आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने भएका छन् । क्याम्पसमा अध्यापनरत दुुई सय १४ जना आशिक शिक्षकरुले वुधवार क्याम्पस परिषरमा भेलाआयोजनागर्दै प्रशासनले विगत १४ वर्ष देखि नियमित पठनपाठन गराईरहेका प्राध्यापकहरुको सामान्य मजदुरको भन्दा पनितल्लो स्तरको ज्यालादारीको रुपमाकाम गराएको भन्दै सामुहिक राजिनामादिने जानकारी गराएका हुन् ।

आशिंकप्राध्यापक सघ पृथ्वी नारायण क्याम्पसकाअध्यक्ष सुनिल गौतमले विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिक जनशंक्तिलाई सामान्य मजदुरको तुलनामा पनिव्यवहार नगरेको भन्दै आक्रोश पोखे । अध्यक्षगौतमले भने–“अवको आन्दोलन हामीलाई विश्वविद्यालयले न्यूनतमभन्दापनिन्यूतम स्तरमा गरेको व्यवहार र अन्तराष्ट्रिय श्रम नियमको पनिखिल्ली उडाएको हुदासिधै क्याम्पस प्रशासनसँगहो ।” अव देखी क्याम्पसमा आफुहरु कसैले पनि कक्षा लिन नसक्ने भन्दै प्रशासनलाई विश्वव्यापीश्रम नियमतथा देशकै अन्यक्याम्पस र र्पथ्वी नारायण क्याम्पसको अधिल्लानजिरहरुलाई हेर्न पनिउनले अनुरोध गरेका छन् ।

संघका सचिव खिमानन्द पौडेलले क्याम्पस प्रशासन र विश्वविद्यालयले आफुहरुलाई दैनिकज्यालादारी मजदुरको व्यवहार गर्दा समस्या परेको धारणा राखे । उनकाअनुसार क्याम्पसको ६० प्रतिसतकक्षाभार आशिकप्राध्यापकले लिने र प्रशासनउत्कृष्ठ क्याम्पसको रुपमा सम्मानथाप्ने गरेको छ । उनले भने–“या त हामीलाई असक्षमभनेर फाल्नु प¥यो होईन भने लामो समय घर न घाटको बनाएर राख्न पाईदैन ।”

आशिक प्राध्यापक हरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिक आन्दोलन गरे पनि प्रशासनले नटेरेको पनि उनको भनाई छ । अन्तिम आन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

Facebook Comments