पूर्वराजा शाहसँग टीका लगाउन सर्वसाधारणको घुइँचो

काठमाडौं, असोज २१, २०७६ -पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् ।

photo:ratopati

पूर्वराजा शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो ।

photo :ratopati
photo :ratopati

पूर्व राजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।source :ratopati.com

Facebook Comments