पीपीएलमा पोखराले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं २९ मंसिर । पोखरा प्रिमियर लिग ९पीपीएल० को दोस्रो संस्करणको पहिलो खेलमा पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेको छ ।

पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले फिल्डिङ रोजेपछि काठमाडौं गोल्डेन्सले ब्याटिङको अवस पाएको छ ।

उद्घाटन खेलमा साविक विजेता टोली पोखराले आफ्ना लागि पहिलो खेलमा काठमाडौंमाथि जित हात पार्ने कप्तान शरद भेषावकरले बताएका छन् ।

यता, काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ‘पिच’ राम्रो भएकाले ब्याटिङमा पनि समस्या नहुने बताएका छन् । तर, उनले आफुले टस जितेको भए पक्कैपनि फिल्डिङ रोज्ने बताए ।

Facebook Comments