पिपिएलको उपाधिको लागि चितवनसंग विराटनगरले फाइनल खेलमा भिड्ने

दीननाथ बराल पोखरा १०, पुष । बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगर टाइटन्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि—२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा आज (विहिबार) भएको क्वालिफायर (इलिमेनेटर) खेलमा विराटनगरले बुटवललाई २१ रनले पराजित गर्दै उपाधि सहित २७ लाख नगद पुरस्कारको लागि शनिबार चितवन राइनोजसंग फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।

चितवन लिगका ५ खेलमा अपराजित हुदै शीर्ष स्थानमा रहदा फाइनल यात्रा बनाएको थियो । विराटनगरले दिएको १ सय ६६ रन पछ्याएको वुटवलले २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मै सिमित हुदा लागातार विराटनगरसंगै दोश्रो हार व्यहोदा पिपिएलको फाइनलमा पुग्ने सपना अधुरै रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको योगफल तयार पारेको थियो ।

विराटनगरका सुनिल धमलाले अर्धशतक पुरा गरे । उनले ५४ बलमा २ छक्का र ४ चौकाको मद्धतबाट ६१ रनको योगदान दिए । कप्तान प्रदिप ऐरीले ३३, जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रनको योगदान दिए । बलिङ तर्फ बुटवलका हर्ष टंकले २, ललित भण्डारी र अविनास बोहराले समान १÷१ विकेट लिए ।

बुटवलका भीम सार्कीले ४४, अफ्ताबूदिन अहमेदले ४३ पुरन बिकेले १५, शिवम सिंहले १४ रन जोडे । विराटनगरका शाहब आलम र पुनित मेहेराले ३÷३ विकेट लिएका थिए । खेलमा प्लेयर अफ दी म्याच विराटनगरका आलम घोषित भए । विराटनगरले लिगको अन्तिम खेलमा बुधबार उत्कृष्ट खेल प्रर्दशन गरी बुटवल ब्लास्टर्स माथि शान्दार जित हासिल गरेको थियो । डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन यस बर्षको प्रतियोगितामा लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा पोखरा सहित ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता मंसिर २९ गते देखि पोखरामा सुरु भएको थियो ।

Facebook Comments