पिएन क्याम्पसका पूर्व प्रमुख गुरुङको निधन, आजै अन्त्यष्टि गरदैं

पोखरा, माघ ०६

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गणेश बहादुर गुरुङको आज बिहान निधन भएको छ ।

केहि समय अगाडीदेखि अस्वस्थ रहँदै आउनु भएका तमु धिं नेपालका प्रमुख सल्लाहकार, चारभञ्याङ तमु समाजका प्रमुख सल्लाहकार, समाजसेवी, शिक्षाविद् गुरुङको ८६ वर्षको उमेरमा बिहान ९ वजे नयाँ वजारस्थित निवासमै निधन भएको पारिवारजनले बताएका छन् ।

पर्वतको फलेवास नगरपालिका वडा नं ८ चारभञ्याङ खाल्टे पूरानो गाउँ भएका गुरुङ हाल पोखरा नयाँ वजारमा बस्दै आउनु भएको थियो । उहाँका १ छोरा, ५ छोरी र श्रीमती हुनुहुन्छ ।

स्वर्गिए गुरुङको आज अपरान्ह ३ देखि ४ वजेको समयमा पोखरा रामघाटमा अन्त्यष्टि गरीने बताईएको छ ।

Facebook Comments