पारा ग्लाईडिङ :विश्वकै उत्कृष्ट गन्तव्य नेपालको पोखरा सराङकोटबाट(video)

फेब्रुअरी २३ देखि २९ तारीखसम्म पोखरामा पारा ग्लाईडिङ विश्व कप, एशियन टूर २०२०

अनलाइनअन्नपूर्ण/माघ २३, पोखरा-विश्वकै उत्कृष्ट गन्तव्य मध्य नेपालको पोखरा सराङकोटबाट गरिने पारा ग्लाईडिङ एक हो । यो सबै किसिमले उपयुक्त छ, त्यसैले हामीले फेब्रुअरी २३ देखि २९ तारीखसम्म पोखरामा पारा ग्लाईडिङ विश्व कप, एशियन टूर २०२० आयोजना गर्दैछौं ।

नेपाल हवाई खेलकुद संस्था ना का महासचिव तथा प्रतियोगिता सहसंयोजक वलराम आचार्यले प्रतियोतिाका तयारीका काम भईरहेको बताउनु भएको छ । प्रतियोगितामा क्रस कन्ट्रि दौड निकै महत्वपूर्ण रहेको छ । जसमा निश्चित तोकिएका क्षेत्रहरुमा पुगेर उडान गर्नुपर्ने छ । कार्यक्रमका लागि नागरिक उड्ययन पोखरा कार्यालयसंग समन्वय भईसकेको आचार्यले बताउनु भयो

Facebook Comments