पाउँदुर शिवालयमा शिव पुराण लगाइदैँ

अन्नपूर्ण, ५ पुस ।अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर स्थित शिवालय मन्दिरमा शिवपुराण लगाइने भएको छ ।

जसअन्र्तगत आज सम्पन्न विशेष भेलाले रामचन्द्र पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सह–संयोजकमा वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, मन्दिरका अध्यक्ष गोविन्दप्रसाद पौडेल र समाजसेवी÷राजनीतिज्ञ कुलबहादुर गुरुङ कुलु रहेका छन्।

भेलाले हरीप्रसाद शर्मालाई महासचिव, फणिन्द्रप्रसाद पौडेललाई सचिव, भेषराज पौडेललाई कोषाध्यक्ष तथा कमला केसीलाई सह–कोषाध्यक्षको जिम्मेवारी पनि दिएको छ ।

त्यस्तै समितिका सदस्यहरुमा रामजीप्रसाद पौडेल, कृष्णबहादुर केसी, हरिमाया विक, रामेश्वर पौडेल, चुडामणि पौडेल, सुरज पौडेल, मोतिलाल पौडेल, प.शिवप्रसाद पौडेल, नारायणप्रसाद पौडेल, लोकनाथ पौडेल, डिल्लीराम पौडेल, महेश्वर पौडेल, श्रीभद्र पौडेल, चर्तुमान विक, छविलाल अधिकारी, घनश्याम पौडेल, कुमार गुरुङ, सा. गणेश गिरी, प.तारानाथ शर्मा, डिलबहादुर क्षत्री, बलभद्र पौडेल लगायत रहेका छन् ।आवश्यकता अनुसार समिति विस्तार गरिने जनाइएको छ ।

भेलाले पुनःचाँडै वैठक बसी विभिन्न उपसमिति गठन, पुराणको मिति तय, सचिवालय समिति गठन, सल्लाहकार चयन लगायत गर्ने निर्णय पनि गरेको छ ।

मन्दिरमा एक हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले वि.स १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको जनविश्वास छ।

Facebook Comments