पश्चिमी वायुको प्रभावले तीन दिन हल्का वर्षाको सम्भावना

काठमाडौं कार्तिक ७ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण देशको पश्चिमी भूभागमा आंशिक बदलि तथा मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०७ गते (बिहिबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०८ गते (शुक्रबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०९ गते (शनिबार )

दिउँसो : देशभर आंसिक देखि सामान्य बदलि रही पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।पहाडि भू-भागमा हल्का वर्षाको सम्भावना तथा बिहानीपख भिजिबिलिटी कम हुने सम्भावना रहेकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Facebook Comments