पश्चिमी वायुको कारण चीसो वढ्दै, मंगलवारसम्म प्रभाव पार्ने, पहाडी भेगमा क्षणीक वर्षा

आरजू/कात्तिक ३, पोखरा

कार्तिकको शुरुबाटै अलि चीसो वढ्न थालेको महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएर चिसो बढेको महशुस गरिएको हो ।

वढेको चीसोसंगै आईतबार देशका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन त बाहिरीसकेको छ, लगातार न्यूनतम तापक्रम पनि घटिरहेको छ, तर चीसो मौसममा हल्का वर्षा भने हुन सक्छ । आइतबार देशभर सामान्य देखि पूर्ण वदली हुने, देशका थोरै स्थानमा हल्का वर्षा हुनेछ । राति देशभर सामान्य देखि पूर्ण वदली हुनेछ र पूर्वका थोरै स्थानमा, पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

कार्तिक ४ गते सोमवार देशका मध्य तथा पूर्वि भागमा आंशिक देखि सामान्य वदली हुनेछ । पश्चिमी भागमा आंशिक वदली हुने, मध्य र पूर्वि पहाडका १÷२ स्थानमा क्षेणिक वर्षा हुने नुमान गरिएको छ । राति देशका पहाडी भागमा आंशिक तथा सामान्य वदली रहने र बाँकि भागमा आंशिब वदली हुनेछ । पडाहमा १÷२ स्थानमा क्षणिक वर्षाको संभावना रहेको छ ।

कार्तिक ५ गते मंगलवार देशको पहाडी भागमा आंशिक देखि सामान्य वदली हुने र तराईमा आंशिक वदली हुनेछ । मध्य र पूर्वि पहाडका १÷२ स्थानमा क्षेणिक वर्षाको संभावना रहेको छ ।
महाशाखाले दिएको जानकारी अनुसार काठमाण्डौ पछिल्लो न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २७.३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

यता पोखराको आज बिहानको तापक्रम २१ डिग्रि सेल्सियस थियो भने सापेक्षित आद्रता ९० प्रतिशत रहेको थियो । अधिकांश भागमा आंशिक वादल लागेको छ ।

Facebook Comments