पश्चिमाञ्चल क्याम्पस प्रशासनको मौनता बिरुद्ध आजदेखी नेबिसंघको रिले अनशन

काठमाडौं, माघ २१

नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले क्याम्पस प्रशासनको मौनता बिरुद्ध हिजोदेखी रिले अनशन सुरु गरेको छ ।विद्यार्थी हकहित अनि अधिकार सुनिस्चित गर्न अत्यन्त जरुरी मागहरु हुँदै गर्दा क्याम्पस प्रशासनले उचित सम्बोधन नगरेको भन्दै विद्यार्थीहरु अनशनमा उत्रिएका छन् ।

महिला छात्राबासमा सेनिटेरी प्याड सहितको भेन्डिङ मेसिन , खानेपानीको गुणस्तर जाँच ,जेनेरेटरको बेवस्था मिलाउनुपर्ने लगायतका १५ बुदे माग नेपाल विद्यार्थी संघले मङ्सिर ३गते पेस गरेको थियो । माग बुझाएको २ महिना बित्दै गर्दा पनि आफ्नो मागप्रति प्रशासनको ध्यानाकर्षण नभएको भन्दै अनशन सुरु गरेका हुन ।

विद्यार्थीहरुको हितका निम्ति लड्नका लागि सधैं उर्जा मिल्ने र क्याम्पस प्रशासनले आफ्नो मागहरुको उचित सम्बोधन नभएसम्म अनशन नतोडने नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसका सभापति गोकुल न्यौपानेले बताए । साझा डबली

Facebook Comments