पर्साका ३९ सहित नयाँ ५७ थपिए, देशभर कोरोना संक्रमितको संख्या १९१, अवस्था सामान्य :डा.समिर

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ३०

देशभर कोरोनाभाइरस संक्रमित भएकाहरुको पुष्टि भएको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको छ । संक्रमितहरु सबै पुरुष हुन ।

संक्रमितहरुमा कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ र बाराका १ जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभएको छ ।

यसअघि सोमवार साँझ १३ जना नयाँ संक्रमित थपिएका थिए । उनिहरु कविलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका ७ निवासी वर्ष १५, १९, २३, ३०, ३२ र ३८ का पुरुष रहेका छन् । यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्विनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षिय पुरुष बर्दिया, राजापुर ५ निवासी ११ वर्षिया वालिका रहेकि छन् ।

सोमवार कपिलवस्तुकै १० जनामा र सप्तरीका १ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं ३ का एक १८ वर्षिय युवामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

यस्तै कपिलवस्तुका १० जना पुरुषमा संक्रमण भेटिएको थियो । कपिलवस्तुका संक्रमितहरु यशोधरा गाउँपालिका वडा नं ५ र वुद्धभूमि गाउँपालिका वडा नं ७ र १० का निवासी हुन । संक्रमित सबै पुरुष रहेका छन् भने ति मध्य एकको उमेर खुलेको छैन । उनिहरु १८, १९, २०, २४, ३०, ३१, ३४ वर्षका रहेका छन् ।

नेपालको पछिल्लो तथ्यांकका अनुसार हालसम्म १७ हजार ८७८ जनाको पीसीआर परिक्षण गरिएको छ भने आरडीटी परिक्षण संख्या ५८ हजार ५४६ रहेको छ । संक्रमण नदेखिएको संख्या १७ हजार ६८८ रहेको छ भने १९१ जनामा संक्रमण देखिएको छ ।

देशभर १२ हजार ७०१ जना क्वारेन्टाईनमा रहेका छन् । १५३ जनालाई आईसोलेसनमा राखिएको छ भने हालसम्म ३३ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments