पर्वतीय दौड पर्यटन विकासको लागि महत्वपूर्ण :मन्त्री पुन, चीन नेपालबिचको समवन्ध घनिष्ट : झाङ सि{video}

आरजू/पोखरा, असोज २९

सामाजिक विकास मन्त्री नरदेवी पुनद्धारा पर्वतीय दौड आरम्भ:aarju

सामाजिक विकास मन्त्री नरदेवी पुनले पर्यटन क्षेत्रको विकासको लागि पर्वतीय दौड, साईक्लीङ र बोटीङ जस्ता खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ, पश्मिाञ्चल होटल संघ, चीनको कुनमिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप विथ वरिजन कन्ट्रीजको संयुक्त आयोजनामा आज पोखरा लेकसाईड बाराही घाटमा आयोजना गरिएको पर्वतीय दौडका शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि मन्त्री पुनले नेपालको विकासको लागि पर्यटन र पर्यटनसंग जोडिएका खेलहरुले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

केहिदिन अघि मात्रै चिनियाँ राष्ट्रपति सि चिनफिङले गर्नुभएको नेपालको दुई दिवशिय राजकिय भ्रमणले दुई देश बिचको सम्वन्धलाई अँझ मजबुत बनाएको, नेपालको आर्थिक विकास र पूर्वाधार विकसका लागि चीनको तर्फबाट गरिएको प्रतिवद्धा दुई देशबिच रहेको घनिष्टताको नमूना भएको बताउनु भयो । उहाँले भन्नुभयो :“हामीलाई थाँहा छ, २०७२ सालको भूकम्पको बेलामा होस् वा अन्य दुःख सुखको बेलामा अतुलनिय सहयोग गर्दै आएको छ ।”

चीनिया टोली नेता झाङ सिले पोखरामा आयोजना गरिएको पर्वतिय दौडमा चाईना कुनमिङको तर्फबाट सहभागि हुन पाउँदा खुसि लागेको बताउनु भयो । उहाँले भन्नुभयो :“पोखरा संगको हाम्रो गहिरोसंवन्ध रहेको छ, भविष्यमा पनि यो सम्वन्धलाई दोहोरो खुसि साटासाटको लागि कडिको रुपमा लिनेमा हामी प्रतिवद्ध छौं ।” सिले नेपाल चीनले अघि सोरको बीआरआई परियोजनामा सहभागि भैसकेको अवस्थामा कुनमिङको भगिनी सम्वन्ध रहेको पोखरामा नआउने त कुुरै हुँदैन, सहभागिताले सम्वन्धलाई झन् गाढा बनाएको विश्वास गरेका छौं ।”

पोखरा महानगर पालिकाका मेयर मान बहादु् जिसिले यस्ता खालका पर्वतिय दौड लगायतका पर्यटन खेलले पर्यटन विकासमा टेवा पुग्नुका साथै भगिनी सम्वन्धलाई बलियो बनाउन मद्यत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरालाई विकासको बाटोमा लैजान कुनमिङमा भएको विकास र अवलम्वन नीतिहरुले हौसला प्रदान गरेको बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सहभागिह खेलाडी पाहुनाहरुलाई स्वागत गर्दै प्रतियोगिताले पर्यटन वर्ष २०२० लाई सघाउन र पर्यटक पोखरामा भित्र्याउन सघाउने अपेक्षा रहेको बताउनु भयो । अघिल्लो वर्षमा नै यो कार्यक्रम गर्ने भनेका थियौं, उ बेला स्थगित गर्नुपर्यो, उहाँले भन्नुभयो :“कार्यक्रम गर्नको लागि उहाँहरुले हौसला दिईरहनु भयो, समय तोक्नुस्, सहयोग हुन्छ गरौं भनेपछि आज कार्यक्रम गर्न सफल भएका छौं ।”

प्रतियोगिता शुरु हुनु अघि एभरेष्ट म्याराथनका च्याम्पियन धावक दुर्गाराज बुढाले खेलाडीको तर्फबाट र अफिसरहरुको तर्फबाट प्राविधिक निर्देशक याम हादुर गुरुङले सपथ ग्रहण गर्नुभएको थियो ।

प्रतियोगिता शुभारम्भमा कार्यक्रमका संयोजक विश्वशंकर पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, कुनमिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप विथ वरिजन कन्ट्रीज तथा चाईनीज टोलीका लिडर झाङ सि, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि, उप मेयर मञ्जुदेवी गुरुङ, सांसद दीपक कोईराला, पश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारी, सहारा क्लवका पदाधिकारी, जिल्ला भलिवल, क्षेत्रीय भलिवल, भूतपूर्व खेलाडी मञ्च, ह्याण्डवल संघ लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।photo/news:aarju bista salyani

Facebook Comments