पर्यटन प्रबद्र्धन गर्न पोखरामा यसबर्ष पनि तिहारमा भाइटिका महोत्सव

दीननाथ बराल/पोखरा ६, कार्तिक-पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले तिहार पर्वको अवसरमा यस बर्ष पनि पोखरामा भाइटिका महोत्सव हुने भएको छ । यही कात्तिक १२ गते पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा उक्त महोत्सव हुने तयारी सुरु गरिएको आयोजक पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्य उक्त महोत्सवलाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले थप टेवा पुग्ने उनले बताए ।

कार्यक्रम भाइटिकाको दिनमा अपरान्ह साँडे दुई बजे पछि हुने भएको छ । रेन्वो चिल्ड्रेनका २० जना बहिनीहरुले पर्यटकहरुलाई दाजुको रुपमा सप्तरंगी टिका लगाउने कार्यक्रम रहेको संघका द्धितिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब एक लाख ५० हजार खर्च लाग्ने भएको संघले जनाएको छ ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउँसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको छ । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका केहि पर्यटकहरु दोहो¥याएर समेत टिका लगाउन पोखरा आउन थालेको अध्यक्ष तुलाचनले जनाए ।

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भइसकेको महोत्सवको उनले बताए । उनका अनुसार यस बर्ष करिब १० देशका ५० जना पर्यटकहरु महोत्सवमा सहभागि हुने भएकाछन्। काम बिशेषले टिका लगाउन नपाएका अन्य पर्यटकहरुलाई समेत आफुरुले टिका लगाउने व्याबस्था मिलाएको संघले जनाएको छ । उक्त महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ भने ट्याम्पल ट्रि रिसोर्ट र बटरफ्लाई चाइल्ड केयर सेन्टर सहयोगीको रुपमा रहेका छन।

Facebook Comments