पर्यटकलाई पर्खिरहेको अर्मला गाउँ(photo/video) फिचर

आरजू विष्ट सल्यानी
पोखरा, पुस ०८

Armala village

पोखरा महानगरपालिका वडा नं १६ को अर्मला गाउँ पर्यटकिय र जैविक विविधताले भरिपूर्ण गाउँ हो । अर्मलाकोटको उत्तरी सिरानमा ढिकिडाँडा, उत्तर पूर्वमा कालिलेक र मौजा रहेको छ ।

सर्लक्क अन्नपूर्ण हिम श्रृंखलाको अवलोनको मज्जा लिन सकिने तथा अर्मलाकोटबाट पोखरा र आसपासका क्षेत्रहरु जहाँ जहाँसम्म आँखाको दृष्टिले भ्याउँछ त्यहाँसम्म कास्की बाहिरका सिमा क्षेत्रका भूगोलको अवलोकन गर्न सकिन्छ भने रातमा पोखराको झिलिमिलिले सबैलाई मोहित बनाउँछ ।

armalakot

कृषि उत्पादन, विभिन्न प्रजातीका जडिवुटि, चराहरु, जनावरमा मृग, थार, बाघ, भालु, बाँदर लगायतका जनावरहरुको वासिस्थान रहेको घना जंगल क्षेत्र पर्यटनको महत्वपूर्ण आधार क्षेत्र हो । जहाँ जंगल सफारी गराउन सकिने अवस्था छ भने पोखराबाट अर्मलाकोट भएर भलायखर्क मनास्लु ट्रेक र सिक्लेसको यात्रालाई जोड्न सकिन्छ र पर्यटको बसाईलाई लम्ब्याउन सकिन्छ ।

तर अर्मला महानगरको वडा नं १६ मा रहेको पहाडी क्षेत्रमा अवस्थित छ । जो विकासको हिसाबले धेरै पछि परेको स्थानियले गुनासो गरेका छन् । एउटा पहल भयो, पोखरा उद्योग वाणिज्य संघले अर्मलालाई च्याम्बर भिलेज घोषणा गर्यो राम्रो भयो । तर अर्मलाको विकासको लागि किन कसैले चासो दिएको छैन ? वरिष्ठ कृषि प्राविधिक दुर्गा बहादुर गुरुङ प्रश्न गर्नुहुन्छ ।

पर्त दर्जि अहिले कामकाजको हिसाबले विदेशमा बस्नुहुन्छ । बेला बेलामा गाउँमा परेको समस्याका बारेमा सहयोग जुटाउँदै आउनु भएको छ । छुट्टिमा आएको बेलामा गाउँमा संचालन भएको होम स्टे प्रवर्धनका लागि आयोजित छलफलमा गम्भिर भएर भन्नुभयो ः “राजनीतिक दाउपेचको कारण अर्मलाको विकास नभएको हो, दुःख लाग्छ ।”

अर्मला होम स्टे संचालक समिति तथा आमा समूहका सचिव झलश्री गुरुङले अर्मलामा होम स्टे संचालनका लागि समाजघर सहित ५ वटा घर दर्ता भएको बताउँनु भयो । उहाँका अनुसार दर्ता लागि ११ घरधनि उत्सुक रहेका छन् । अहिलेसम्म आफ्नै लगानिमा काम गरिरहेका छौं, गुरुङले भन्नुभयो ः“अर्मलाको दीगो विकासको लागि वडा, महानगर तथा पर्यटन मन्त्रालयले चासो दिनुपर्छ हामी त्यो आसामा छौं ।”

वडा नं १६ का पूर्व अध्यक्ष दान बहादुर वानियाँले अर्मलाको पर्यटकिय विकासको लागि आफ्नो तर्फबाट महानगरपालिका, प्रदेश सरकार कहाँ जानुपर्ने हो सघाउने बताउनु भयो । प्रदेशले तयार पारेको होम स्टेको सूचिमा स्थानियवासि वा वडाको कस्को कमजोरीले हो सूचिमा परेको देखिएन, तर अब आफु पनि जाने गरौं, हामी पनि सघाउँछौं, बानियाले भन्नुभयो ।

स्थानियका अनुसार वनको सिमांकन छुट्याउने समस्यालाई सुल्झाउन, बाटो निर्माणलाई छिटोछरीतो बनाउन र कृषि उत्पादनमा ध्यान दिनुपर्छ । कसैले होम स्टे चलाउने, कसैले कृषि उत्पादन र कसैले पर्यटनलाई सघाउने लगायतका उत्पादनमा लागेको खण्डमा अर्मलाको विकासमा टेपा पुग्ने बताए ।

समुद्री सतहदेखि २६ सय ४० मीटरको उचाईमा रहेको अर्मलाकोटबाट उत्तरमा अन्नपूर्ण हिमश्रृंखला र दक्षिणमा पोखरा शहर र पोखरा महानगरपालिकासंग जोडिएका सम्पूर्ण भू–भागको अवलोकन राम्ररी गर्न सकिन्छ ।

Armala Pokhara 16 Kaski
Armala Pokhara 16 Kaski
Facebook Comments