पर्बतको नयाँ सिडीयोमा शम्भुप्रसाद रेग्मी आउँदै

पोखरा जेठ १२
पर्वत जिल्लामा नयाँ प्रजिअ सिडीयोमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुप्रसाद रेग्मी आउने भएका छन् ।पर्वत जिल्लामा एक बर्षदेखि कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको चितवनमा सरुवा भए पछि नयाँ सिडियोमा रेग्मी आउन लागेका हुन् ।पर्बत आउन लागेका नयाँ सिडियो रेग्मी पर्वतकै फलेबास नगरपालिका वडा ७ लिमिठाना घर भएपनि हाल बसोवास भने राजधानीमा नै रहेको छ ।

कोरोना भाईरस संक्रमणको महामारीमा प्रजिअको सरुवा भएको हो ।रेग्मी पर्वत जिल्लालाई नजिकवाट बुझेको व्यक्ति भएकोले जिल्लाको शान्ति सुरक्षा लगायतका विषयमा थप प्रभावकारी हुने भनाई रहेको छ ।गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी९सिडिओ०को सरुवा गरेको हो।केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

लोकतन्त्र अनलाईनको सहयोगमा

Facebook Comments