परिवर्तनपछि प्रगति र विकास नभए परिवर्तन कर्तालाई खतरा

काठमाडौं कार्तिक १२ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तन पछि प्रगति र विकास नभए त्यसको अर्थ नहुने बताएका छन् । प्रगति र विकास नभए परिवर्तनको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्ने बताए ।


तिहारको टीका ग्रहणपछि आज उनले संचारकर्मीहरुलाई छोटो प्रतिकृया दिँदै विकास सर्वसाधारणले सजिलो तरिकाले अनुभव गर्नुपर्नेमा जोड दिए । लक्ष्मीपूजामा आफूले धन हुनेलाई मन पाओस र मन हुनेलाई नेपाली मन पाओस् भनेर प्रार्थना गरेको स्मरण गरे । उनले दसैंको अवसरमा दिएको सुभकामना सन्देश मनन् गर्न सबैसँग आग्रह गरे । उनले बिहिनी शोभासँग भाइटीका लगाएका छन् ।

Facebook Comments