पत्रकार महासंघ नवलपरासी पूर्व :वुधवारबाट पत्रकारको चरणवद्ध कोरोनाभाइरस परिक्षण

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ६

नेपाल पत्रकार महासंघ पूर्बी नवलपरासी शाखाले जिल्लाका सबै संचार माध्यम, कार्यरत पत्रकारहरुलाई कोरोनाको महामारीमा सचेत, जिम्मेवार भएर भरसक घरमै बसेर समाचारको काम गर्न र सरकारले जारी गरेको लकडाउनको पूर्ण पालन गर्न आग्रह गरेको छ ।

कोरोना कहरमा उच्च जोखिममा रहेका पत्रकारहरुले सावधानी अपनाएर जिम्मेवार पत्रकारिता गर्न अनुरोध गरेको छ । कामको सिलसिलामा कुनै अफ्ठेरो परेमा महासंघलाई अबिलम्ब जानकारी दिन अध्यक्ष होमरा रानाभाटले आज जारि गरेको विज्ञप्तिमा जनाईएको छ ।

नवलपुरमा रहेका र क्रियाशील पत्रकारहरुको वुधवारदेखि चरणबद्ध रुपमा कोरोना परिक्षण हुने पनि जानकारी गराउँदै पत्रकारहरुको जिल्ला भित्रको पासको ब्यबस्था पनि वुधवारबाटै व्यवस्था हुने रानाभाटले जानकारी गराउनु भएको छ ।

प्रेसको नाममा हुने दुरुपयोग रोक्न र सरकारले जारी गरेको लकडाउनको पालना गर्ने दायित्व हामी पत्रकारहरुको पनि जिम्मेवारी हो, महासंघमा आबद्ध र महासंघ बाहिर धेरै पत्रकारहरु साथीहरु क्रियाशील हुनुहुन्छ, महासंघकै अगुवाईमा क्रियाशील पत्रकारको कोराना परिक्षण र पासको व्यवस्था गर्ने छौं, महासंघ नवलपरासी पूर्व शाखाको विज्ञप्तिमा उल्लेख छ ।

कुनैपनि बहानामा क्रियाशील पत्रकारमाथि कुनै प्रकारको गलत क्रियाकलाप कदापी हुन नदिने महासंघले प्रतिबद्धतासाथ आफनो दृष्टिकोण प्रष्ट पारेको बताएको छ ।

Facebook Comments