पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान

महेन्द्रनगर मंसिर ३ । पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान भएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई १ घण्टाका लागि कारागार चलान गरेको हो । भण्डारी म‌ंगलबार अदालतमा उपस्थित भएकोमा अदालतले उनलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थुनामा पठाएको हो ।

भण्डारीलाई जिल्ला कारागार कार्यालय कञ्चनपुर चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरी कृष्ण अवस्थीले खबरहबलाई जानकारी दिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

बारले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले गत असार ३० गते भण्डारीविरुद्ध १ रुपैयाँ जरिवाना र १ घण्टा कैदको सजाय सुनाएको थियो । खबरहब

Facebook Comments