पछिल्लो २४ घण्टामा थप २०२० जनामा संक्रमण पुष्टी


पोखरा असोज २
नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्।

मोरङका ६६र६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ। शुक्रबार मात्रै देशभर एकैदिन अहिलसम्मकै धेरै २ हजार २० जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्रै ८ सय ५९ जना संक्रमित थपिएका छन्।

Facebook Comments